मुख्य समाचार
"वाचा मात्र होइन, मर्चवार परिवर्तन गर्ने कसम खाएको छु" : प्रमोदकुमार यादव | रुपन्देही क्षेत्र नं. ५ मा नेमकिपाका उम्मेदवार जगीलाल थापाको चुनावी प्रचार तीव्र | स्थापनादेखि स्वर्णिम यात्रासम्म भानु माध्यमिक विद्यालय | एसएलसी २०५६ ब्याचद्वारा ‘स्वर्णजयन्ती स्मारक’ निर्माण | नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास | गृहमन्त्रीद्वारा काठमाडौँ र मकवानपुरको मतदानस्थलको अनुगमन | राप्रपालाई भोट दिए पछुताउन पर्दैन, दल र राजाबीच समझदारी आवश्यक : अध्यक्ष लिङ्देन | झड्प नियन्त्रण गर्दै नेपाली सेना | दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ | रूपन्देही–५ मा नेकपा उम्मेदवार मुसलमानको घरदैलो तीव्र, विकास र रोजगारी मुख्य एजेन्डा |

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

Ujyalosandeshonline 10545+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

सिरहा । सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको रु १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका—३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज नियन्त्रणमा लिइएको हो ।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल रु १४ लाख) फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले सो रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न सकेका थिएनन् । पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार