मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सिरहामा स्रोत नखुलेको १४ लाखसहित युवक पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

सिरहा । सिरहाको औरहीबाट प्रहरीले स्रोत नखुलेको रु १४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । औरही गाउँपालिका—५ स्थित औरही चोकमा गरिएको विशेष जाँचका क्रममा उक्त रकम बरामद भएको हो । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका—३ शिवनगरका २१ वर्षीय सञ्जितकुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार यादवलाई आज नियन्त्रणमा लिइएको हो ।

बरियारपट्टीबाट औरहीतर्फ मोटरसाइकलमा आउँदै गरेका यादवलाई शङ्का लागेर प्रहरी टोलीले खानतलासी गरेको थियो । सो क्रममा उनको साथबाट एक हजार दरका एक हजार ४०० थान नोट (कूल रु १४ लाख) फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीले सो रकमको स्रोत खुलाउन माग गर्दा यादवले कुनै पनि वैध प्रमाण पेस गर्न सकेका थिएनन् । पक्राउ परेका यादवलाई थप कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार