मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

चिनीले भरिएको ट्रक धमाधम समात्दै भैरहवा भन्सार

Ujyalosandeshonline 12612+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

भैरहवा । भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएपछि भन्सार छलेर भित्राइएको साम्रगीहरु धमाधम बरामद हुन थालेको छ । कार्यालयले एक हप्ताको अन्तरालमा भन्सार छलेर भित्राइएको चिनीले भरिएको तीनवटा ट्रक नियन्त्रणमा लिएको छ । एक हप्तामा मात्रै ठूलो परिमाणमा कार्यालयले ३३ हजार किलो (३३ टन) चिनी बरामद गरेको छ ।

तस्करहरुले भारतबाट मोटरसाइकलमा चिनी ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने गर्दछन् । त्यसपछि ठूलो परिमाणमा ट्रकमा लोड गरेर देशका विभिन्न क्षेत्रमा पुर्याउने गरेका छन् । शुक्रवार राति लु २ ख ५३०५ नम्बरको ट्रकमा साढे दश टन चिनी (२१० बोरा) लोड गरेर अन्यत्र लैजान लागेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मधुवन क्षेत्रबाट ७ लाख ८७ हजार बढी मूल्य बराबरको चिनीसहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

‘हामीलाई भन्सार छलेर भित्राइएको चिनी ट्रकमा लोड अन्यत्र लगिदैछ भन्ने सूचना प्राप्त भएको थियो’, उनले भने, ‘सोही अनुसार पुग्दा चालक फरार रहेको अवस्थामा चिनी बरामद गरेका हौँ, अहिलेसम्म कोही साम्रगीको दावी गर्न सम्पर्कमा आएको छैन ।’

भन्सारले यस अघि भदौ १३ गते लु २ ख २८३६ नम्बरको ट्रकमा ६ लाख ३० हजार मूल्य बराबरको २ सय १० बोरा (साढे दश टन) चिनी पोखरा लैजाने क्रममा बेथरी क्षेत्रबाट बरामद गरेको थियो । त्यस्तै भदौ ८ गते ग २ ख १२९० नम्बरको ट्रकमा ७ लाख २० हजार रुपैयाँ बराबरको लोड रहेको १२ टन (दुई सय चालिस बोरा) चिनी लुम्बिनी सडकखण्डको रमवापुरबाट बरामद गरेको थियो । यस बाहेक पनि कार्यालयले कपडा लगायतका साम्रगीहरु बरामद भइरहेको जनाएको छ ।

चाडपर्व नजिकिएसँगै खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर थोरै परिमाणमा भित्राएर भण्डारण गरी देशको विभिन्न क्षेत्रमा पठाउने तस्करको योजना भन्सार कार्यालयले तुहाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार