मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैँ

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

मकवानपुर  । मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ । 

प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३ बजे हुने दोस्रो खेलमा काभ्रेको माउण्ट एभरेष्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुदैँछ ।

बिहीबार भएका खेलमा दोलखा र सिन्धुलीले जित हात पारेका थिए । हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । दोलखाका लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरे भने किशोर पण्डितले पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच दोलखाका सुजन माझी घोषित भएका भए । उनले पुरस्कार वापत नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । त्यस्तै दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पाईन क्लबले भक्तपुरको थिमी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ । सिन्धुलीको जीतमा सञ्जिव धामी, समिर धामी र रवी महतराले गोल गरे । खेलको म्यान अफ द म्याच सिन्धुलीका रवि महतरा घोषित भए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार