मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक

Ujyalosandeshonline 12208+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

नौतनवा । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई खेलकुदका माध्यमबाट थप प्रगाढ बनाउने उद्देश्यले शनिबार नौतनवामा 'तेस्रो भारत–नेपाल पत्रकार मैत्रीपूर्ण क्रिकेट म्याच' आयोजना हुँदैछ। प्रेस क्लब अफ महाराजगन्जको आयोजनामा नौतनवा इन्टर कलेजको खेल मैदानमा हुने यस खेलको सम्पूर्ण तयारी पूरा भएको छ। खेलको पूर्वसन्ध्यामा शुक्रबार विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरिएको छ।

नौतनवामा आयोजित पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान एवं प्रेस क्लब अफ महाराजगन्जका अध्यक्ष अमित त्रिपाठी र नेपाली टोलीका कप्तान एवं लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले संयुक्तरूपमा ट्रफी अनावरण गर्नुभयो। सो अवसरमा भारतीय कप्तान त्रिपाठीले दुई देशबीचको ऐतिहासिक 'रोटी–बेटी' को सम्बन्धलाई खेलकुदले अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै नेपाली टोलीका कप्तान रायमाझीले नेपाल र भारतको भाषा, सभ्यता र संस्कृति एउटै रहेको चर्चा गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको सामीप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

शनिबार हुने उक्त मैत्रीपूर्ण खेलमा महाराजगन्जका जिल्लाधिकारी सन्तोष कुमार शर्मा मुख्य अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने प्रहरी उपरीक्षक शक्ति मोहन अवस्थी र एसएसबीका कमान्डेन्ट जगदीश प्रसाद धाबाई लगायतको विशिष्ट उपस्थिति रहनेछ। ट्रफी सार्वजनिक कार्यक्रममा दुवै देशका ठूलो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। विगत केही वर्षदेखि दुवै देशका पत्रकारहरूले आपसी सद्भावका लागि यस्ता मैत्रीपूर्ण खेललाई निरन्तरता दिँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै