मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक

Ujyalosandeshonline 12611+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

नौतनवा । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई खेलकुदका माध्यमबाट थप प्रगाढ बनाउने उद्देश्यले शनिबार नौतनवामा 'तेस्रो भारत–नेपाल पत्रकार मैत्रीपूर्ण क्रिकेट म्याच' आयोजना हुँदैछ। प्रेस क्लब अफ महाराजगन्जको आयोजनामा नौतनवा इन्टर कलेजको खेल मैदानमा हुने यस खेलको सम्पूर्ण तयारी पूरा भएको छ। खेलको पूर्वसन्ध्यामा शुक्रबार विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरिएको छ।

नौतनवामा आयोजित पत्रकार सम्मेलनमा भारतीय टोलीका कप्तान एवं प्रेस क्लब अफ महाराजगन्जका अध्यक्ष अमित त्रिपाठी र नेपाली टोलीका कप्तान एवं लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले संयुक्तरूपमा ट्रफी अनावरण गर्नुभयो। सो अवसरमा भारतीय कप्तान त्रिपाठीले दुई देशबीचको ऐतिहासिक 'रोटी–बेटी' को सम्बन्धलाई खेलकुदले अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै नेपाली टोलीका कप्तान रायमाझीले नेपाल र भारतको भाषा, सभ्यता र संस्कृति एउटै रहेको चर्चा गर्दै यस्ता कार्यक्रमले दुई देशका नागरिकबीचको सामीप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

शनिबार हुने उक्त मैत्रीपूर्ण खेलमा महाराजगन्जका जिल्लाधिकारी सन्तोष कुमार शर्मा मुख्य अतिथिका रूपमा सहभागी हुनुहुनेछ भने प्रहरी उपरीक्षक शक्ति मोहन अवस्थी र एसएसबीका कमान्डेन्ट जगदीश प्रसाद धाबाई लगायतको विशिष्ट उपस्थिति रहनेछ। ट्रफी सार्वजनिक कार्यक्रममा दुवै देशका ठूलो संख्यामा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। विगत केही वर्षदेखि दुवै देशका पत्रकारहरूले आपसी सद्भावका लागि यस्ता मैत्रीपूर्ण खेललाई निरन्तरता दिँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार