मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नवलपरासीमा १ करोड १४ लाख बढीको भन्सार छलीको मोबाइल सामाग्री र पिकअप पक्राउ

Ujyalosandeshonline 12611+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७, भन्सार टोलबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइलका सामानसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बीओपी भुजहवाको संयुक्त टोलीले लु ३ च २९३९ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिई जाँच गर्दा सो अवैध सामग्री फेला परेको हो।

बरामद सामानमा २२ लाख ९४ हजार मूल्य बराबरको २ हजार २९४ थान एयरपोड्स, ७० लाख ९५ हजार बराबरको ४४ हजार ३०० थान टेम्पर ग्लास, ९३ हजारको मोबाइल कभर र प्लास्टिक गरी कुल ९४ लाख ८४ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स रहेका छन्। सामान ओसारपसारमा प्रयोग गरिएको २० लाख मूल्य बराबरको पिकअप गाडीसहित कुल १ करोड १४ लाख ८४ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार