मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

‘निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ, काम जारी राख्नुहोस’

Ujyalosandeshonline 12611+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्नेगरी अघि बढेको बताए । 

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ । सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताए । यस्तै, उनले देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको उनले बताए । अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको बताए । 

उनले भने, ‘निर्माण व्यवसायिको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु ।’निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए । निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार