मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

‘निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ, काम जारी राख्नुहोस’

Ujyalosandeshonline 11768+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् । हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्नेगरी अघि बढेको बताए । 

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ । सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताए । यस्तै, उनले देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको उनले बताए । अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको बताए । 

उनले भने, ‘निर्माण व्यवसायिको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु ।’निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए । निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार