मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही हो, सचेतना जरुरी छ : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12614+ समाचार ( )
६ असार २०८२, शुक्रबार

विराटनगर । ‘सुरक्षित यात्रा हामी सबैको चाहना, सबैले गरौं ट्राफिक नियमको पालना’ भन्ने मूल नारासहित कोशी प्रदेशमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको यो सप्ताह सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रित रहेको जनाइएको छ । 

विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी ¥याली सिटी हल पुगेर सम्पन्न भएको कार्यक्रमको उदघाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दीप प्रज्वलन गरी गरे । उनले ‘सुरक्षित यात्रा’ शीर्षकको श्रव्यदृश्य सामाग्री सार्वजनिक गर्नुका साथै सार्वजनिक बसमा क्यूआर कोड स्टिकर टाँसी यात्रुहरुको गुनासो संकलनको व्यवस्था सुरु गरेका छन् । 

मुख्यमन्त्री कार्कीले सडक दुर्घटनाको मुख्य कारक मानवीय लापरवाही भएकाले सबै क्षेत्रको सहभागिता आवश्यक भएको उल्लेख गर्दै विद्यालय तहबाटै ट्राफिक सचेतना अभियान थाल्नुपर्ने धारणा राखे । उनले ट्राफिक व्यवस्थापनमा योगदान दिने व्यक्तिहरूलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गरेका छन् । 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार सधैं ट्राफिक सुरक्षामा तत्पर रहेको बताएका छन् ।

ट्राफिक सप्ताहको अवसरमा कोशी प्रदेशका १४ वटै जिल्लामा एकसातासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन् । सड़क अनुशासन र सवारी सुरक्षामा जनसहभागिता बढाउन ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार