मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एभरेष्ट महिला भलिबलका लागि टोलीहरू घोषणा

Ujyalosandeshonline 11540+ समाचार ( )
२४ श्रावण २०८१, बिहीबार

काठमाडौँ । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागी हुने टिममा लिगको पहिलो सिजनमा टिम काठमाडौँ, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले रहेका छन् । आयोजकका अनुसार हरेक टोलीले १४ खेलाडीमा नौं नेपाली र ती विदेशी राख्न पाउनेछन् ।  नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । 

टिम काठमाडौंको प्रबद्र्धकमा शरदकृष्ण टिबरेवाला, टिम ललितपुरको प्रबद्र्धकमा अनुज तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल (कोरसिंक नेपाल) रहेका छन् । टिम मधेसको प्रबद्र्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल रहेका छन् भने टिम गण्डकीको प्रवर्द्धकमा सौरभ केडिया रहेका छन् । 

त्यस्तै  टिम चितवनको प्रवर्द्धकमा निम्बस होल्डिङस तथा टिम कर्णालीको प्रबद्धकमा राजेश बगडिया र प्रतीक अधिकारी रहेका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिनेछ । त्यसमध्ये पहिलो समूहमा रहने खेलाडीको मूल्य एक लाख ५० हजार, दोस्रो समूहमा रहने खेलाडीको मूल्य एक लाख र तेस्रो समूहमा रहने खेलाडीको मूल्य ५० हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार