मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ जेठ २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणा पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणाका लागी खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए ।

उनले सिद्धार्थनगरले एक पछि अर्को गर्दै उत्कृष्ट काम गर्दै गएको समेत उल्लेख गरे । नगर प्रमुख खाँले नियमित रुपमा खटेर सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिदै महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा बढाउने कुरामा पालिका सकारात्मक रहेको बताए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले खोप लगाउन पाउनु बालबालिकाको अधिकार भएको बताए । प्रमुख प्रशासकीय अधिकृत जनक थापालेसबैको मिहिनेत र सहयोगले सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताए । पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सिद्धार्थनगरले पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणाका लागी १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख इस्वरी न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा पालिकालाई पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणाका दुईबटा छुट्टा छुट्टै प्रमाण पत्र प्रदा नगरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाई र समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीले उक्त प्रमाणपत्र नगर प्रमुख खाँलाई प्रदान गर्नुभएको थियो । कार्यक्रममा भिम अस्पतालका मेडीकल सुपरिटेण्डेन डा शकुन्तला गुप्ता, मेडीकल कलेज भैरहवाका डा शदन मुखी, बडा नं ९ का वडा अध्यक्ष सेसकान्त भण्डारी, स्वास्थ्य शाखाकी गिता न्यौपाने पोखरेल, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु ल्गायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार