मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

कोशी बन्दकर्ताको माग : ‘नो केवलकार’

Ujyalosandeshonline 12614+ समाचार ( )
२० माघ २०८१, आइतबार

विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने निर्णयविरुद्ध सडक बन्द गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले माग सम्बोधन नभए अनिश्चितकालिन हड्ताल गर्ने चेतावनी दिएका छन् ।

मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संघ संस्था एवम् राजनीतिक दलहरुको आब्हानमा जारी आन्दोलनका क्रममा भेटिएकी प्रदर्शनकारी सुमित्रा राईले आन्दोलनका क्रममा घाइतेको उपचार गर्नुपर्ने र केवलकार बनाउने योजना खारेज हुनुपर्ने माग राखिन । उनले भनिन्,‘हाम्रो माग भनेको नो केवल कार हो । माग पूरा नभए आम हडतालमा उत्रिन्छौं ।’

अर्का प्रदर्शनकारी निक्रम लिम्बुले मुक्कुमलुङको पहिचान मेटाउनेगरी केबलकार बनाउने योजनालाई खारेज गर्न माग गर्दा वेवास्ता गरिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । उनले आन्दोलनका क्रममा अत्यावश्यक सेवालाई प्रभाव नपारेको तर दुई दिनभित्र सरकारले सम्बोधन नगरे आन्दोलन चर्काउने चेतावनी दिए ।

आन्दोलनकारीले सुनसरीसहित पूर्वका नौ जिल्लामा आज र भोलि बन्दको आब्हान गरेका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा प्रभावित छ । आन्दोलनकारीहरूले सडकमा निस्किएर ‘केवलकार चाहिँदैन’, मुकुम्लुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर जस्ता नारा लगाइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार