मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

दान बहादुर बुढा 45+ समाचार ( )
३० माघ २०८१, बुधवार

मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा(महेन्द्रं) तालकोे किनारमा रहेको  ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् । सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहँुदा ओझेलमा परेको छ । 

२०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गे धाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन् । २०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ्गे धारा र मठ मन्दिरहरु पनि ओझेलमा परेका हुन् । 

ढुङ्गे धारामा पछिल्लो समयमा पानीको मुहान सुकेपछि २०७६ बैशाख पहिलो साता महायज्ञ संचालन गरेपछि धारा सन्चालनमा आएका थिए । धारामा पानी आउँदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पानी पिउन सहज भएको छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउका समाजसेवी बिर्ख बहादुर रोकायाले बताएका छन् ।

रारा तालको किनारमा रहेको अन्य धार्मिक स्थान छाप्र्रु महादेव, रारा लागुडा महादेव, मुर्मा महादेव लगायत अन्य दर्जनौं धार्मिक मन्दिर ,गुफा र ढुङ्गामा लेखेका ऐतिहासिक लेखोटहरु पनि अलपत्र परेका छन् । राराको नाममा प्रत्येक बर्ष सडक, पदमार्ग, भ्यूटावर बनाउनको लागि करोडौ बजेट आएपनि यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण नभएको स्थानीयको डवल रोकायाको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार