मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

उत्तरदायी भएर कानून बनाउन रास्वपा तयार : लामिछाने

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानुन बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए ।

उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’

उनले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने र सरकारलाई जोगाउने जस्तो कामका लागि प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘सरकारले अघिल्लो अधिवेशनमा जस्ता बिजनेस नदिने काम नगरोस्, जनताप्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्र सम्बन्धित रहोस् । यसलाई सत्ता टिकाउने, सरकारलाई जोगाउने जस्तो कामका लागि लागि होइन ।’

अति आवश्यक कानुनहरु बनाउनुपर्ने प्राथमिकता रहेको बताएका उनले संविधान कार्यान्वयनको सिलसिलामा हामीले ध्यान दिनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार