मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

उत्तरदायी भएर कानून बनाउन रास्वपा तयार : लामिछाने

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताप्रति उत्तरदायी भएर कानुन बनाउन आफ्नो पार्टी पूर्ण तयारीका साथ यसपालीको सदनमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकपश्चात उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । विधेयकहरुमा सरकारले ध्यान दिएन भने जिम्मेवार दलका तर्फबाट गर्नुपर्ने कामको तयारीका साथ आएको उनले बताए ।

उनले भने, ‘ध्यान दिनुपर्ने विधेयकहरुमा सरकारले ध्यान दिएन भने प्राइभेट बिल समेत ल्याएर गर्नुपर्ने सम्पूर्ण कार्यहरुका लागि हामी काम गरिरहेका छौ । यसपटकको सदनलाई प्रभावकारी बनाउनको लागि जिम्मेवार राजनीतिक दलका तर्फबाट हामीले गर्नुपर्ने कामको तयारीका साथ आएका छौं ।’

उनले जनताप्रति उत्तरदायी सदन भएको भन्दै यसलाई सत्ता टिकाउने र सरकारलाई जोगाउने जस्तो कामका लागि प्रयोग गर्न नहुने बताए ।

उनले भने, ‘सरकारले अघिल्लो अधिवेशनमा जस्ता बिजनेस नदिने काम नगरोस्, जनताप्रति उत्तरदायी सदन भएको हुनाले जनतासँग मात्र सम्बन्धित रहोस् । यसलाई सत्ता टिकाउने, सरकारलाई जोगाउने जस्तो कामका लागि लागि होइन ।’

अति आवश्यक कानुनहरु बनाउनुपर्ने प्राथमिकता रहेको बताएका उनले संविधान कार्यान्वयनको सिलसिलामा हामीले ध्यान दिनुपर्ने भनाइ राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार