मुख्य समाचार
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन | ओमसतिया गाउँपालिकाद्वारा ५१ करोड १० लाखभन्दा बढीको बजेट प्रस्तुत | विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस | जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण | बाजुराको त्रिवेणीमा डीएसपी बोहराको उपस्थितिमा नागरिक सुनुवाई, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड | रास्वपालाई थप समावेशी बनाइँदै | हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी | मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी | याकचाैँरी | जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह |

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रमा

Ujyalosandeshonline 11597+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

मुगु । कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो ।  

प्रहरी नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन् । उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतीमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतु काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मण साहीले बताए । 

डिएसपी साहीले भने, ‘बालबालिकाकालाई बैद्धलगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको काजगमा उल्लेख छ । तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं ।’ 

हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाईफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको साहीले जानकारी दिए । तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाई उनको छ । 

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ । दुई वाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन । उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतीमै पठाएको भन्दै तगातार फोन गरिरहेका छन् । तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ साहीले भने ।

तर, डिएसपी साहीले ति बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैन् । प्रहरीले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार