मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

Ujyalosandeshonline 12611+ समाचार ( )
१ कार्तिक २०८२, शनिबार

ढोरपाटन (बागलुङ) । यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् ।

दसैँमा खुल्नु पर्ने भए पनि लामो वर्षा हुँदा सडक थप बाढीपहिरोले अवरुद्ध भएका थिए । तिहार नजिकिएसँगै ग्रामीण सडक खुलेपछि स्थानीयलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँमा बोकेरै बजारदेखि सामान गाउँ पु¥याएका स्थानीयले सडक खुलेपछि गाडीमा ढुवानी गर्न थालेका छन् ।

असार दोस्रो सातादेखि बन्द भएका सडक खुलेपछि यात्रा गर्न र सामान ढुवानीमा सहज भएको निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारले बताउनुभयो । गत साउनमा पहिरोले सडक पुरिएपछि गाउँलेले पैदल हिँड्न र बोकेर सामान ल्याउन बाध्य भएका थिए । सुनारले भन्नुभयो, “यो वर्ष गाउँको बाटो ठाउँ–ठाउँमा पहिरोले पुरियो, दसैँमा खुल्नु पर्ने खुलेन, अहिले तिहार सुरु नहुँदै खुल्यो, दसैँमा त बजारबाट नुन, तेल र चामल बोकेर ल्यायौँ, तिहारमा चाहीँ गाडीलेनै ल्याउने भयो ।”

जिल्लाको सबैभन्दा विकट गाउँ नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले केही दिन अगाडि मेसिन लगाएर सडकको पहिरो पन्छाएपछि सञ्चालनमा आएका हुन् । नर्जा खोलामा पानीको बाहव बढी हुँदा दसैँमा सवारीसाधन चल्न नसकेको स्थानीय बिमल छन्त्यालले बताउनुभयो ।

अहिले खोलामा पानीको बाहव कम भएपछि गाडी चल्न थालेको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँ अगावै सबै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकेकामा अहिले सबै सडक खुलाएको बताउनुभयो । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि तमान, लम्मेला हुँदै म्याग्दी जोड्ने सडक भने खुङ्खानीखोलामा पानीको बहाव नघट्दा गाडी चल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । तर तमान लाम्मेलासम्म ढोरपाटनको खुङ्खा हुँदै सवारी साधान चल्ने अध्यक्ष बुढा मगरले बताउनुभयो ।

निसीखोला गाउँपालिकाले पनि वडा नम्बर १ देखि ७ सम्मका अधिकांश सडक खुलाएको गाउँपालिकाले जनाएको छ । केही सडक खुलाउने क्रममै रहेको हुँदा तिहारसम्म खुलाई सक्ने गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार