प्रधानमन्त्री कप क्रिकेट :
अन्तिम खेलमा कोशी विरुद्ध एपीएफको जित, तर फाईनलमा पुलिस र आर्मी भिडने

Ujyalosandeshonline 11146+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिभागीय टोली शसस्त्र प्रहरी क्लबले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । बुधबार कोशी प्रदेशलाई २ विकेटले हराए पनि “हेड टु हेड” को आधारमा शसस्त्र प्रहरी भने तेश्रो स्थानमै चित्त बुझाउनुपर्ने हुन्छ ।

कोशी प्रदेशले दिएको २५५ रन पछ्याउने क्रममा शसस्त्र प्रहरी ४४.४ ओभरमा आफ्ना ८ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो । शसस्त्रका लागि लोकेश बमले अविजित ८४ रन बनाउदा कप्तान रोहित पौडेलले ६१ रन बनाए । यसै गरि दिपक बोहराले ३६ रन र सन्दिप जोराले ३० रन बनाए ।

बलिङमा कोशी प्रदेशका फिर्दोश अन्सारी र दिपेश कंडेलले समान ३/३ विकेट लिदा ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुईटेलले शसस्त्रको १/१ विकेट बाडे ।

यस अघि भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कर्णालीले साकिब हकको अर्धशतकको सहयोगमा निर्धारित ओभरमा सबै विकेट गुमाउदै २५४ रन बनाएको थियो । कोशीका लागि साकिबले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अंकीत सुवेदीले ३५ रन, आशिष भट्टराईले ३४ रन र सुजन थपलियाले ३३ रन बनाए ।

बलिङमा शसस्त्र प्रहरीका अभिषेक गौतम र मौषम ढकालले समान ले ३/३ विकेट लिए भने कप्तान रोहित पौडेलले समान २ विकेट र ईरशाद अहमद तथा अमर रौटेलाले समान १/१ विकेट लिए ।

९ खेल खेलिसकेको शसस्त्र प्रहरी क्लब ७ मा जित र ३ मा हार गरि १४ अंक प्राप्त गर्दै “हेड टु हेड” को आधारमा प्रतियोगिताको तेश्रो स्थानमा रहेको अन्र्तराष्ट्रिय एम्पायर सञ्जय गुरुङ्गले जानकारी दिए । “अहिले आर्मी र शसस्त्रको बराबर अंक रहेको छ, भोली आर्मीले जिते उ स्वतः फाईनलमा जानेछ ।” गुरुङ्गले भने “कथमकदाचित आर्मी हारेमा पनि “हेड टु हेड” अर्थात यस अघि आर्मी र शसस्त्र प्रहरी बिच भएको खेलमा आर्मीले जितेको कारण उ अगाडी अर्थात फाइनलमा जान्छ ।”

सिंगल राउण्ड रोबिनको आधारमा खेलाईने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा अंकतालिकाको शिर्ष २ टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब फाइनल खेल्ने छन । यद्दपी यी दुबै टोलीले एक आपसमा लिग चरण अन्र्तगतकै एक वटा खेल खेल्नेछन् । तर त्यो खेलले फाइनलको समीकरणमा भने कुनै फरक पार्ने छैन । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको नेपाल पुलिस क्लब अविजित रहदै १६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ । यस्तै ८ खेल नै खेलेको त्रिभुवन आर्मी भने ७ मा जित सहित १४ अंक लिई दोश्रो स्थानमा रहेको ।

लिग चरण अन्र्तगतको अन्तिम खेल बिहिबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको बिच तथा भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा मधेश प्रदेश र बागमती प्रदेश बिच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार