मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

डीडीसी महाप्रबन्धकको जिम्मेवारीमा डा.पाण्डेय, कर्मचारीका दूधघ्यू सुविधा कटौती

Ujyalosandeshonline 12461+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी)को निमित्त महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा.जगदिश पाण्डेयलाई दिएको छ। मन्त्रालयको निर्णयअनुसार पोखरास्थित पशु प्रजनन कार्यालयमा कार्यरत डा.पाण्डेयलाई संस्थानको नेतृत्वमा ल्याइएको हो ।

जेठ १५ गतेदेखि लागू हुनेगरी उनलाई डीडीसीको महाप्रबन्धकको जिम्मेवारी दिइएको हो। डा.पाण्डेयको नियुक्तिले संंस्थानको व्यवस्थापन सुधार र संस्थाको वित्तीय अनुशासन कायम गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, मन्त्रालयले डीडीसीका कर्मचारीहरूलाई दिइँदै आएको दूध र घ्यू सुविधा पनि कटौती गरेको छ। अबदेखि कर्मचारीलाई दैनिक एक लिटर दूध र मासिक एक लिटर घ्यू वितरण गरिने व्यवस्था खारेज गरिएको छ। मन्त्रालयका अनुसार यो निर्णय पनि जेठ १५ देखि लागू भएको हो।

मन्त्रालयका अधिकारीहरूका अनुसार डीडीसीले लामो समयदेखि दुग्ध किसानहरूलाई भुक्तानी दिन नसकेको र सरकारबाट लिएको ऋणसमेत फिर्ता गर्न नसकेको अवस्था आएकोले यस्तो निर्णय आवश्यक भएको हो। कर्मचारीका सुविधा भन्दा किसान भुक्तानीलाई प्राथमिकता दिनुपर्ने भएकोले यो निर्णय गरिएको हो,’ मन्त्रालयले भनेको छ । 

यसअघि मन्त्रालयले डीडीसी व्यवस्थापनसँग कर्मचारीहरूले लिइरहेको सम्पूर्ण सेवा र सुविधा विवरण मागेको थियो। अन्य घाटामा गएका सार्वजनिक संस्थानहरूले समेत यस्ता सुविधा कटौती गरेका उदाहरण प्रस्तुत गर्दै मन्त्रालयले निर्णय औचित्यपूर्ण रहेको स्पष्ट पारेको छ । डीडीसीमा नेतृत्व परिवर्तन, व्यवस्थापन सुधार, र किसान केन्द्रित कार्यप्रणालीको सन्देश दिन यो कदम चालिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार