मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |
मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |


दलितका अधिकारसम्बन्धी कानून बनाउन सरकार उदासीन

Ujyalosandeshonline 2584+ समाचार ( )
१५ पौष २०८०, आइतबार

काठमाडौँ । संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुरुप दलित अधिकारसम्बन्धी कानुनहरू बनेका छैनन् । दलितलाई संविधानले दिएका अधिकारहरू कानून निर्माण गरेर सुनिश्चित गर्न सरकार उदासीन बनेको छ । काठमाडौंमा जागरण मिडिया सेण्टरले गरेको कार्यक्रममा सरोकारवालाहरूले संविधानमा सुनिश्चित भएको अधिकारलाई ऐन बनाएर कार्यान्वयन गर्न सरकारले चासो नदिएको आरोप लगाएका छन् । 

संवैधानिक व्यवस्था कार्यान्वयनको अवस्था र कानून निर्माण प्रक्रिया विषयक अन्तरक्रियामा वक्ताहरूले संवैधानिक हक कार्यान्वयनमा सरकारले आलटाल गरिरहेको आरोप लगाए । 

संविधान सभा सदस्य खिमलाल देवकोटाले संविधानमा दलित अधिकारका थुप्रै सवाल समेटिए पनि कार्यान्वयनमा कमजोर देखिएको बताए । उनले दलित आयोग, राजनीतिक दलका भातृसंठन र दलित अधिकारकर्मी लगायतहरुले पनि आफ्नो भुमिका प्रभावकरीरुपले खेल्न नसकेको धारणा राखे । छलफलका लागि कार्यपत्र नै पेश गरेका उनले कानून बनाउन सरकारको उदासीनताकै कारण समस्या देखिएको बताए । 

कार्यपत्रमाथि टिप्पणी राख्दै लेखक तथा अधिकारकर्मी रिता शाहले दलित समुदायको मुख्य समस्या जातीय छुवाछुत तथा विभेद भएकाले सबै भन्दा पछाडि पारिएका दलित महिला र मधेशी दलित समुदायको सवाललाई कानूनले सम्बोधन गर्नुपर्ने बताइन् । ‘जो कमजोर छ, जसलाई न्याय चाहिएको छ, उसका लागि आज संविधान र सरकार चाहिएको हो । तर सरकार नै उनीहरूको पक्षमा नभएपछि उनीहरूले कसरी बाँच्ने ?,’ उनले भनिन्, ‘दलित समुदाय आज जुन ठाउँमा छ, यसको पछाडि हाम्रो सामाजिक संरचना र जात व्यवस्था दोषी छ ।’

त्रिभुवन विश्व विद्यालयका प्राध्यपाक कृष्ण हाच्छेथुले संविधान बनेपनि कार्यान्वयनको पक्ष फितलो हुनुमा परम्परावादी सोच रहेको बताए । ‘जबसम्म दलित समुदाय संगठित रुपमा आवाज उठाएर निर्णायक तहमा पुग्न सक्दैनन्, तब सम्म अधिकार प्राप्त हुन सक्दैन,’ उनले भने । 

प्राध्यापक हाछेथुले दलित समुदाय राजनीतिमा आउन गैरभौगोलिक सवालको बहस गर्नु पर्ने धारणा राखे ।

संविधान सभा सदस्य बिनोद पहाडीले पटक–पटक सरकार परिर्वतन भए पनि कुनै पनि सरकार दलित सम्बन्धी ऐन, कानुन बनाउन गम्भिर नभएको बताए । ‘आज सम्मका आन्दोलन सत्ता केन्द्रीत भए, सवाल केन्द्रीत आन्दोलन नहँुदा कुनै पनि परिर्वतनले दलित समुदायलाई छुन सकेन,’ उनले भने ।

छलफलका क्रममा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले संविधान अनुरुप ऐन, नियम, कानुनहरु बनाउने कुरामा ढिला सुस्ती भइरहेको बताइन् । 

राष्ट्रिय दलित आयोगका सदस्य मेहल पार्कीले अहिले दलित आयोग र आरक्षण माथी प्रहार भइरहेको बताए । उनले राष्ट्रिय दलित आयोगले सरकारलाई दिएका सिफारिस बेवास्ता गरेको गुनासो गरे ।

अधिकारकर्मी दुर्गा सोबले व्यवस्था परिर्वतन भएपनि दलित समुदायको अवस्था परिर्वतन आउन नसकेको बताइन् । ‘संंविधानमा समानुपातिक समावेशिताको कुरा उल्लेख छ । तर व्यवहारमा समावेशिताको दुरुपयोग भइरहेको छ,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार