मुख्य समाचार
नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न |

मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

Ujyalosandeshonline 12702+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

विराटनगर । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।

बिहीबार साँझ ती युवकीलाई केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी पीडितकी आमाले प्रहरीलाई दिएकी छन् । उनकै किटानी जाहेरीका आधारमा प्रहरीले विश्वकर्मालाई पक्राउ गरेको हो ।

ती युवकविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अनुसन्धानका लागि प्रहरीले म्याद थपको प्रक्रिया अघि बढाएको छ । पीडितको स्वास्थ्य परीक्षणसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार