मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप

Ujyalosandeshonline 12457+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

भैरहवा । प्रत्येक वर्ष सगरमाथा दिवसका दिन मे २९ मा आयोजना हुने एभरेष्ट म्याराथनको सुरुवातमा  प्रज्वलित गरिने बिश्व शान्ति द्धिपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट बिहीबार सगरमाथा आधार शिविर तर्फ पठाईएको छ ।

एभरेष्ट म्याराथनको आयोजक सस्था हिमालय एक्सपिडिशनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति द्धिपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्री मार्फत दक्षिण एशियामा म्याराथनका किर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बौद्ध भिक्षुहरुबाट बौद्ध परित्राण पाठ गरी “लुम्बिनी पिस टर्च” मा “बुद्ध फ्लेम” नाम दिईएको शान्ति दिपको ज्योति प्रज्वलन गरी हस्तान्तरण गरेको हिमालय एक्सपिडिशनका सस्थापक एवं अध्यक्ष बिक्रम पाँडे काजीले बताए । उनले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट सगरमाथा सम्म पु¥याइने यो यात्राले यस क्षेत्रलाई नया पहिचान दिलाएको बताए । 

उहाँले यो प्रतियोगिताले संसारको ध्यान तानेको र यसले पर्यटकहरुको आगमनमा सहयोग पु¥याएको बताए  । 

विश्व शान्ति द्धिप अर्थात लुम्बिनी पिस फ्लेम, त्यहाबाट बुद्धजन्मस्थल मायादेबी मन्दिर र पवित्र पुष्करणी कुन्डलाई फन्को लगाई तिलौराकोट तर्फ प्रस्थान गरेका थिए ।

किर्तिमानी धावक बैकुण्ठ मानन्धर सहित खेलाडीहरु बाबुराजा श्रेष्ठ, अर्जुन घिमिरे, राधा श्रेष्ठ, दिपक लामा,  सुरेन्द्र महर्जनको टोलीले शान्ति द्धिपको ज्योति लुम्बिनीबाट तिलौराकोटा कपिलबस्तु, सिद्धार्थनगर(भैरहवा) रामग्राम(नवलपरासी), चितवन धादिङ्ग, काठमाण्डौ हुदै मे २९ मा सगरमाथा दिवसका दिन बिहान एभरेष्ट म्याराथन हुने स्थल सगरमाथाको आधार शिविरमा पु¥याउने छन् ।  

म्याराथन सुरु हुनु अघि लुम्बिनीबाट पु¥याईएको विश्व शान्ति द्धिपको ज्योतिको पूजा गरी म्याराथन सुरु हुने छ । त्यहा स्वदेशी सहित २ सय ५० बढी बिदेशी धावक र बिभिन्न देशका राजदुतहरुले प्रत्यक्ष रुपमा लुम्बिनीबाट ल्याईएको पिस फ्लेमको दर्शन गर्ने र यो कार्यले लुम्बिनी र सगरमाथा एकापसमा जोडिने अध्यक्ष पाँडेले बताए ।

२०७२ सालको भुकम्प पछि लुम्बिनीबाट शान्ति द्धिपको ज्योति सगरमाथाको आधारशिबिरमा मे २९ गतेका दिन पुरयाईने गरीएको र बिचमा कोरोना संक्रमणका कारणले एभरेष्ट म्याराथन हुन सकेको थिएन । एभरेष्ट म्याराथन सगरमाथाको आधार शिबिरबाट  सुरु भई नाम्चे बजारमा आएर समापन हुने धावक बैकुण्ठ मानान्धरले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार