मुख्य समाचार
बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म | लोमान्थाङमा यार्तुङ पर्वको रौनक | सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी | मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना |

दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल

Ujyalosandeshonline 12077+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

भैरहवा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व पर्यटनमन्त्री डा. मिनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबिच भए पनि अपेक्षाकृत फाईदा लिन नसकेको बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै रिजालले सो कुरा बताएका हुन् । उनले चीन र भारत बिच रहेको नेपाललाई ईष्र्या गर्न सक्ने सम्भावना रहेको बताउदै त्यो सम्भावनालाई कार्यान्वयन गर्न सक्ने राजनैतिक नेतृत्व र सुझबुझ नरहेको औल्याए । “दोश्रो ठूलो अर्थतन्त्र भएको चीन र पाँचौ ठूलो अर्थतन्त्र भएको भारत छ, यसको बिचमा रहेको नेपालले बुद्धि पु¥याउने हो भने विकासमा कठिनाई हुदैन ।” उनले भने “यसको सट्टा हामीले दक्षिण गएर प्रधानमन्त्री पाउ, पार्टीमा पद पाउ भनेर सलाम गर्ने बानी छ, दक्षिणबाट सहयोग मिलेन भने उत्तरको भर पर्ने हुदा उनिहरुले देशको स्वार्थ भन्दा देश चलाउने व्यक्तिको स्वार्थ किनमेल गर्छन ।”

फरक प्रसङ्गमा बोल्दै उनले आउदो निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन भन्दा सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राखे । उनले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताए । “जतिसुकै भने पनि जय नेपाल भनेको लाल सलाम हो, लाल सलाम भनेको जय नेपाल हो भनेर निर्वाचन गर्दा कांग्रेसको शिर निहुरेको थियो,” रिजालले भने “शिर निहुरेको कांग्रेस पहिलेको जस्तो कांग्रेस बन्न सक्दैन, शिर ननिहुरेको कांग्रेस बनाउन अब आउने निर्वाचनमा कांग्रेस आफ्नो ठाउमा उभिनुप¥यो ।”

नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति शुशिल गुरुङ्गको सभापतित्व चब क्षेत्रिय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार