मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

फागुनमा केपी ओली कप फुटबल

Ujyalosandeshonline 12321+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी फागुन ११ गतेबाट सुरु हुने जनाएको हो । 

एक साता चल्ने प्रतियोगिताको फाइनल फागुन १९ गते हुने संघ अध्यक्ष क्षितिज थेवले बताए । उनका अनुसार प्रतियोगिताको फाइनल बाहेकका खेलहरु अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुुने तालिका तय भएको छ । 

संघ अध्यक्ष थेवेले खेल र मनोरञ्जनको माध्यमबाट मात्रै युवाहरुलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सकिने भएकाले फुटबल प्रतियोगिताको सुरुवात गर्न लागेको बताए । 

उनले भने, ‘खेल र मनोरञ्जनको माध्यमबाट मात्रै हामीले युवाहरुलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सक्छौ र राजनीतिमा युवाहरुलाई अगाडि बढाउन सक्छौ भनेर हामीले फुटबल रोजेका हांै ।’   

यस्तै, उनले केपी ओली कप सम्पन्न नभएसम्मका लागि पार्टीको झण्डा र भाषणलाई विश्राम दिने पनि बताए । पत्रकार सम्मेलनमा एमाले नेता महेश बस्नेतले खेलाडीहरु बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था भएको भन्दै खेलकुद विश्वविद्यालय बनाउनुपर्ने बताए । 

प्रतियोगितामा नेपालका ’ए डिभिजन’ तथा विदेशी टीमलाई समेत सहभागी गराइने जनाइएको छ । प्रतियोगितामा विजेताका लागि ट्रफी र पदकसँगै ११ लाख रुपैयाँ नगद पुरस्कार छ भने उपविजेता टिमले ५ लाख नगद पाउने छ । 

त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगद पाउने छन् । त्यस्तै हरेक खेलका विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै