मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

Ujyalosandeshonline 12461+ समाचार ( )
तस्बिरः अच्युत रेग्मी/रासस
२३ श्रावण २०८३, शनिबार

जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस धनुषाद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा उहाँले लोकतान्त्रिक मूल्यमान्यता र संविधान रक्षा तथा जनताको अधिकारको पक्षमा पार्टीका नेतृत्व जिम्मेवार र परिपक्व भूमिकामा उभिनुपर्ने बताउनुभयो । 

पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै नेता निधिले पार्टीका नेता कार्यकर्ताबीचको एकता र सङ्गठनको सक्रियतामा निर्भर रहने भएकाले सबै मिलेर सङ्गठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पार्टीभित्रको एकता, सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने बताउँदै उहाँले जनताको समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुरूप राजनीतिक गतिविधि अघि बढाउनुपर्ने सुझाब दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको किचलो चाँडो समाधान गरेर एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार