मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

एनआरएनएको दशौँ एकता महाधिवेशन मे ३–५ मा काठमाडौंमा हुने

Ujyalosandeshonline 12320+ समाचार ( )
४ पौष २०८१, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले संघको दशौँ एकता महाधिवेशन आगामी मे ३–५, २०२५ (२०८२ बैशाख २०–२२) मा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय समितिको भर्चुअल माध्यमबाट सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र अन्य महत्वपूर्ण निर्णयहरू लिएको समितिका एक सदस्यले जानकारी दिए ।

बैठकले समितिको सचिवालयमा रबिना थापा, जानकी गुरुङ, कुमार पन्त र कुल आचार्यलाई थप गर्दै सचिवालयलाई चार सदस्यीय बनाउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले संघको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न आवश्यक कार्यविधि (टर्म्स अफ रेफरेन्स) निर्माण गर्न एक समिति गठन गरेको छ। उक्त समितिमा डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवरसहित परराष्ट्र र कानून मन्त्रालयका प्रतिनिधि रहनेछन् । कार्यविधि निर्माण समितिले महाधिवेशन आयोजना तथा सञ्चालनसम्बन्धी आवश्यक सुझाव आगामी बैठकमा पेश गर्नेछ ।

साथै, संघको एकीकृत महाधिवेशन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक छलफल तथा संवाद गर्न जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास र कुमार पन्तलाई जिम्मेवारी दिइएको छ ।

बैठकले गैरआवासीय नेपाली संघको सदस्यता वितरण खुला गर्दै एकीकृत महाधिवेशन सम्पन्न गर्न आवश्यक समन्वयका लागि सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) लाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

महाधिवेशन सफल बनाउन संघले सबै पक्षसँग सहकार्य र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार