मुख्य समाचार
परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल |

हरेक जीवकालागि घाटक बन्दै एन्टिबायोटिक

Ujyalosandeshonline 2605+ समाचार ( )
१४ मंगशिर २०८०, बिहीबार

भैरहवा । पछिल्लो समय प्रति जैविक प्रतिरोधको अत्याधिक र अनियन्त्रीत प्रयोगले मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई गम्भिर असर गरिरहेको विज्ञहरुले बताएका छन् ।

लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलमा आयोजना गरेको एक स्वास्थ्य अवधारणा तथा प्रति जैविक प्रतिरोध सचेतना विषयक गोष्ठीमा बोल्ने सरोकारवालाहरुले उत्पादन बढी लिने लोभमा प्रयोग हुने एन्टिबायोटिकका अवशेषले वातावरण तथा सबै जीवलाई असर गरेको बताए । संक्रामक रोगहरुमध्ये करीब ६१ प्रतिशत रोगहरु वन्यजन्तु र घर पालुवा पशुपन्छीहरुमा उत्पत्ति भएर मानिसमा सर्ने गरेको अध्ययनले देखाएको छ । यस्ता जुनोटिक रोगलाई कम गर्न एन्टिबायोटिकको प्रयोग कम गर्नुपर्ने वरिष्ठ पशु चिकित्सक परवेज आलमले बताए ।  

पशुपालन, माछापालन र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग भएको छ । चिकित्सकहरुले एन्टिबायोटिकको प्रयोग घटाउनुको साटो स्विकृती बढाएका छन् । जैविक सुरक्षाका उपायहरु धेरै कमजोर भएकाले मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई एन्टिबायोटिकको प्रयोगले गम्भीर असर गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक प्रबेश सिंह कुँवरले बताए । 

एन्टिबायोटिक प्रयोगको बारेमा चेतनाको अभाव हुनु तथा बिरामीहरूले एन्टिबायोटिकको सम्पूर्ण पाठ्यक्रम पूरा नगर्दाले पनि त्यसको असर बढीरहेको लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक प्रियंका उप्रेतीले बताइन् । एन्टिबायोटिक प्रयोग गर्दा चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्ने उनको भनाई छ । विश्वमा मृत्युको कारण मध्ये एन्टिबायोटिक प्रयोग दश नम्बरमा आउने अध्ययनले देखाएको छ । यसको अध्याधिक प्रयोग नरोके केही वर्ष भित्रैमा पहिलो नम्बरमा आउने विज्ञहरु बताउँछन् । 

मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्यलाई छुट्टा छुट्टै रुपमा भन्दा एकिकृत रुपमा हेर्नुपर्छ भन्ने अवधारणा सहित पछिल्लो समय एक स्वास्थ्य अवधारणालाई लिइएको छ । एन्टिबायोटिकको नियमनकालागि सबैपक्ष लाग्नुपर्ने कृषि विकास निर्देशनालयका निर्देशक राम पाण्डेले बताए । नियमनसँगै सचेतना र शैक्षिक पाठ्यक्रममा जोड्नुपर्ने पाण्डेले बताए । प्रत्येक वर्ष पाँचवटा नयाँ रोग मानवमा देखापर्ने र त्यसमा तीन वटा जुनोटिक रोग रहेको अध्ययनले देखाएको छ । जैविक सुरक्षालाई मध्यनजर गरि सबै नागरिक तथा सरोकारवालाहरुले सबै जीवको स्वास्थ्यकालागि एन्टिबायोटिकको प्रयोग कम गर्नु पर्ने देखिएको छ । त्यसकालागि एक स्वास्थ्य अवधारणाको रणनीति अपनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै