मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

रासस 711+ समाचार ( )
२३ असार २०८३, मङ्गलबार

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो । स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । आमाहरूलाई पालिकाले दोषल्ला ओढाएर, नगद रु १० हजार र स्वास्थ्य सामग्रीबाट सम्मान गरेको छ ।

स्वास्थ्य संस्थामा अनिवार्य प्रसूति भएको, गर्भवती भएको सुनिश्चित भएपछि फोलिक एसिड सुरु गरेको तीन महिनापछि जुकाको औषधि खाएको, कम्तीमा चारपटक गर्भ जाँच गरेको, टिटी खोप लगाएको, गर्भवती र सुत्केरी अवधिमा २२५ वटा आइरन र क्यालसियम खाएको, बच्चाको जन्मतौल दुई दशमलव पाँच किलोभन्दा माथि भएको, पिनसी जाँच तीन पटक गरेको, सुत्केरीपछि बच्चालाई पूर्ण रूपमा स्तनपान गराएको र समयमै अन्य खानपान सुरु गरेको, प्रोटोकलअनुसार बच्चालाई पूर्ण खोप लगाएकोलगायत सूचक पूरा हुनुपर्दछ । 

यसैगरी, प्रत्येक महिना बच्चाको तौल तथा उचाइ नापजाँच गरेको, बालभिटा खुवाएको, बच्चालाई नियमित रुपमा भिटामिन र जुकाको औषधि खुवाएको, बच्चा जन्मिएपछि हालसम्म कार्ड रुजु गरेको, आमा र बच्चाको सरसफाइ नियमित रुपमा भएको, गर्भान्तर कम्तीमा दुई वर्षको रहेको, आमा र बच्चा कुपोषित नभएको, धूमपान र मध्यपान नगर्ने आमा, बच्चाको जन्मदर्ता गरेको, महिनावरी स्वच्छतासम्बन्धी ज्ञान भएको जस्ता २२ वटा स्वास्थ्य सूचक पूरा गर्ने आमा स्मार्ट आमाका रूपमा सम्मानित भएका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाबाट १३८ जना आमा प्रतिस्पर्धामा सहभागी भए पनि १५ जना स्मार्टआमा सम्मानित भएका हुन् । स्मार्ट आमा सम्मानका लागि गाउँ कार्यपालिकाले कार्यविधि बनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार