मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

विभिन्न पार्टी परित्याग गरी दिनेशमणि त्रिपाठीसहितका नेता–कार्यकर्ता राप्रपामा प्रवेश

Ujyalosandeshonline 12614+ समाचार ( )
१८ फाल्गुन २०८२, सोमबार

भैरहवा  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको प्रवेश गर्ने लहर चलेको छ। यसै क्रममा राष्ट्रिय मुक्ति पार्टीका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशमणि त्रिपाठीसहित अन्य दलका नेताहरू राप्रपामा प्रवेश गरेका छन्।

राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाका अनुसार, त्रिपाठीसँगै नेपाली कांग्रेसका पूर्व क्षेत्रीय उपसभापति बेचन गुप्ता, नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य मोहम्मद इसहाक मुसलमान, र नेपाली कांग्रेसकी क्षेत्रीय सदस्य बसन्ती देवी गुप्ता राप्रपामा प्रवेश गर्नुभएको हो।

पार्टी प्रवेश गर्नेहरूमा अन्य प्रभावशाली नेता तथा स्थानीय व्यक्तित्वहरू समेत रहेका छन् । राणाका अनुसार केन्द्रीय सदस्य, महिला विभाग (नेपाल लोकतान्त्रिक पार्टी) की शायरा सेख मुसलमान, सिद्धार्थनगर–८ बाट नाजिया खातुन, सहनाज सेख, मदिरुन निसा मुसलमान, शजिदा खातुन र सलमा धुनिया र सिद्धार्थनगर–४ बाट अन्जु कहार र राजमती कहारपनि राप्रपा प्रवेश गर्नुभएको छ ।

भव्य स्वागत कार्यक्रम नवागन्तुकहरूलाई जिल्ला अध्यक्ष राणा, राप्रपाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार क्या. गौरव बोहोरा, समानुपातिक उम्मेदवार स्वाती थापा, र अजय कुमार गुप्ता लगायतका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

पार्टीमा बढ्दो आकर्षण पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले राप्रपाको राष्ट्रवादी एजेन्डा र विकासप्रतिको प्रतिबद्धताका कारण अन्य दलका कार्यकर्ताहरूमा आकर्षण बढेको बताएका छन्। हिजो मात्रै पनि प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीकी समानुपातिक उम्मेदवार बिमला विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा नम्बर ३ का सभापति राजकुमार श्रेष्ठसहितको टोली राप्रपामा समाहित भएको थियो।

विभिन्न दलका प्रभावशाली व्यक्तिहरूको आगमनले आगामी निर्वाचनमा राप्रपाको उपस्थिति थप मजबुत हुने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार