मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

‘फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यालयको भूमिका छैन्’

Ujyalosandeshonline 12617+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं  । महान्यायाधिवक्ता रमेश बडालले आफूहरु कानुन संशोधनको तयारीमा रहेको जानकारी गराएका छन् । आइतबार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित अपराध संहिता संशोधनको प्रस्ताव विधेयक र फौजदारी कार्य सहिंताको संशोधन विधेयक पेस गर्ने जानकारी दिए । 

उनले भने,‘हामी अहिले कानुन संशोधनको तयारीमा छौं । सम्भंवत यही हिउँदे अधिवेशनमा फौजदारी न्याय प्रशासनसँग सम्बन्धित भएर अपराध संहिता संशोधनको प्रस्ताव विधेयक जान्छ । फौजदारी कार्य समिताको पनि संशोधन विधेयक पेस हुन्छ । र उल्लेख भएका कतिपय समस्याहरु त्यसमार्फत समाधान गर्ने छौं ।’ 

उनले संविधानले तोकेको दायराभन्दा बाहिर आफूहरु जाने स्थिति नरहेको भन्दै फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यालयको कुनै भूमिका नरहेको बताए । जनसङ्ख्या वृद्धि ,अहिलेको आधुनिक टेक्नोलोजीको प्रयोगसँगसँगै फौजदारी मुद्दाको सङ्ख्या बढिरहेको भन्दै त्यस सन्दर्भमा अनुसन्धान गर्ने निकायहरुसँग मिलेर काम गरिराखेको पनि उनले जानकारी दिए । 

उनले भने,‘हाम्रो भूमिका भनेको संविधानले जुन दायरा दिएको छ,त्यही नै हो । किनकी संविधानले तोकेको दायराभन्दा बाहिर जाने स्थिति रहेन । फौजदारी मुद्दा बढ्नु या घट्नुमा सरकारी वकिल कार्यलयले कुनै भूमिका खेल्न सक्दैन् । मुद्दा बढ्नु आफैंमा राम्रो होइन् । त्यसमा पनि फैजदारी मुद्दा बढ्नु त झन आफैमा राम्रो होइन् । जनसङ्ख्या वृद्धिलगायत अहिलेको आधुनिक टेक्नोलोजीको प्रयोगसँगसँगै यो सङ्ख्या बढिरहेको छ । यसलाई कसरी र कुन तरिकाबाट कम गर्ने भन्ने सन्दर्भमा अनुसन्धान गर्ने निकायहरुसँग मिलेर काम गरिराखेको छौं ।’

त्यस्तै महान्यायाधिवक्ता बडालले मुद्दा मिलापत्र गर्न दिएको कारणले गर्दा पीडितलाई अन्याय हुने हो कि भन्ने आशंका हुने गरेको भन्दै सबै मुद्दामा मिलापत्र गर्ने मौका नदिइ केही सिमित मुद्दाहरुमा मात्रै मिलापत्र गर्न अनुमति दिइएको प्रष्ट पारे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार