मुख्य समाचार
नाकमुनि डिजेल चोरी हुँदा रुपन्देही प्रहरी बेखबर, प्रदेशको छापापछि सुरक्षा संयन्त्रमै प्रश्न | मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर | बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी |

प्रहरी प्रधान कार्यालयद्वारा सहिद परिवारलाई १० लाख राहत प्रदान गर्ने निर्णय

Ujyalosandeshonline 12323+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

भैरहवा । प्रहरी प्रधान कार्यालयले हालैका युवा आन्दोलन तथा प्रदर्शनका क्रममा कर्तव्य पालना गर्दा सहादत प्राप्त गरेका प्रहरीका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत प्रदान गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।

मंगलबार बसेको प्रधान कार्यालयको बैठकले यो निर्णय गरेको हो । यस राहतका लागि आवश्यक रकम प्रहरी महानिरीक्षक (आईजीपी) देखि प्रहरी निरीक्षकसम्मका सम्पूर्ण दर्जाका प्रहरी कर्मचारीहरूको मासिक तलबबाट संकलन गरिनेछ ।

पछिल्लो समय जेन-जीको अगुवाइमा भएका आन्दोलन र त्यसपछिका प्रदर्शनहरूमा प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जना प्रहरी कर्मचारीले आफ्नो कर्तव्य निर्वाहका क्रममा सहादत प्राप्त गरेका थिए । प्रहरी प्रधान कार्यालयले आफ्ना अमर सहिदहरूको उच्च सम्मान गर्दै उनीहरूका शोकाकुल परिवारलाई आर्थिक टेवा पुर्याउने उद्देश्यले यो विशेष राहत प्याकेजको घोषणा गरेको हो । यो निर्णयले कर्तव्यपालनाका क्रममा जीवन उत्सर्ग गर्ने प्रहरी कर्मचारीहरूको योगदानको कदर गर्नुका साथै उनीहरूका परिवारप्रति राज्यको दायित्व र संवेदनशीलतालाई समेत झल्काएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार