मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

शहिदहरुले बगाएको रगतमा सरकार चलाउनेहरु भष्ट्राचारको खेती गर्दैछन् : नेता रावल

Ujyalosandeshonline 11521+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं  । नेकपा एमालेबाट निष्काशित नेता डा. भीम रावलले देशको जगलाई भत्किन नदिन सबै देशभक्तहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् । पृथ्वी नारायण शाहको जन्मजयन्तीतथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले देश र जनताका लागि रगतको खोला बगाएका शहिदहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु मौलाइरहेको बताएका हुन् । 

उनले भने ,‘हाम्रो देशका लागि पृथ्वी नारायण शाहले जुन अखण्ड जग बसाल्नु भएको थियो आज प्रत्येक देशभक्तहरुले त्यो जगलाई भत्किन नदिन यी जगका इटाहरु सर्वनास तिर जान नदिन एक भएर अगाडि बढ्नुपर्ने दिन आएको छ । देश र जनताको लागि हामी भन्दा अगाडिका शहिदहरुले रगत बगाएर गए । आज उनीहरुको रगतको आडमा बसेर भष्ट्राचारको खेती गर्नेहरु यहाँ मौलाइरहेका छन्।’

यसैगरी उनले सरकार चलाउनेहरुले नै नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर रकम खाएको आरोप लगाए ।

उनले भने, ‘सरकार चलाउने र ठूला ठूलापदमा बस्नेहरुले नेपाली जनतालाई बेच्ने र नक्कली शरणार्थी बनाएर रकमखाने, जापानको विमानस्थलमा नेपालीलाई बेच्न मन्त्री आफैं जाने,सरकारी जग्गा हड्पिएर आफ्नो  आफ्न्तहरुलाई बाड्ने, कुनै व्यक्ति विशेषको स्वार्थको लागि प्रधानमन्त्री कार्यालयले कुनै अपुगकथित सञ्चार विज्ञको हतियार बन्ने यस्तो घिन लाग्दो काम गर्दै आएका छन् ।’

साथै  उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखामा पट्टी बाँधेको शासकको संज्ञा दिएका छन् । रावलले ओलीले सबै जनतामुर्ख छन्, म मात्रै सर्वज्ञ हुँभन्ने भाव प्रस्तुत गरिरहेको बताएका हुन् ।

उनले भने , ‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौं । तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने, देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ । आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ । तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार