मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

भाषणले मात्रै देश बन्दैन : सांसद भण्डारी

मनु सुनार 39+ समाचार ( )
२६ माघ २०८१, शनिबार

गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद डा.चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । शनिबार नेपाली काँग्रेस रेसुंगा नगर समितिको तेश्रो नगर सम्मेलनलाई उद्घाटन गर्दै सांसद भण्डारीले नेताका भाषणले मात्रै मुलुक नबन्ने धारणा राख्नुभएको हो ।

“नेताहरुका भाषणले मात्रै मुलुकका जनताले के पाएँ ? विरामी, किसान र सुत्केरीले के पाइन् ।” नेता भण्डारीले भन्नुभयो,–“यिनीहरुका समस्याहरूलाई समाधान गर्न सके मात्रै भाषणको अर्थ लाग्छ ।” वितेका ३४ वर्ष जनताको कुरा संसदमा नउठेकोभ भन्दै उहाँले अहिले जनताका कुरा आफुले उठाउँदा जनताले पनि मन पराएका बताउनुभयो ।

उहाँले भन्नुभयो,–“जनतालाई नचाहिने कुरा गरेर जनताले भोट दिदैनन् । नचाहिने कुरा, ठुलठुला गरेर मुलुक बन्दैन् ।” समयअनुसार र प्रविधिअनुसार राजनैतिक पार्टी र नेता पनि अपडेट नभए पछि परिने बताउनुभयो ।

अहिले देश युवाहरु विदेश पलायन भइरहेका कारण वृद्ध थलो बन्दै गइरहेको भन्दै मुलुकलाई यस्तो अवस्थामा भागिदार हिजो जिम्मेवारी समालेकाहरुले यसको जवाफ दिनुपर्ने बताउनुभयो । “विकृतिका भारि बोकेर मुलुक बन्दैन् । साइड लाइट हेरेर अबका युवाहरु अगाडि बढ्नुपर्छ ।” उहाँले भन्नुभयो,  आफुले ग्यास दुर्घटनाबाट मृत्यु जितेर फर्किएको भन्दै चुकलेटि कुरा गर्ने र गल्ती गर्ने छुट नभएको बताउनुभयो ।  

अहिले प्रविधिले एआईसम्म पुर्याउँदा जनताहरु भने औषधी, गतिलो शिक्षा र गरिबीसँग जुध्नु परेको भन्दै सिमान्तकृत वर्गलाई दुई लाख श्रममा आधारित शेयर दिनुपर्छ भनेर संसदमा आवाज उठाएको बताउनुभयो । अहिले त्यो कार्यान्वयनमा गइरहेको बताउनुभयो ।

त्यस अघि उहाँले गुल्मी जिल्लाले विचार दृष्टिकोणका आधारमा जिल्लाले नेतृत्व गरिरहेको बताउँदै रेसुंगाको महिमाका विषयमा समेत चर्चा गर्नुभयो । हालै रेसुंगा भाडगाउँमा यहाँका युवाहरुले सञ्चालन गरेको रेसुंगा जल उद्योगको प्रशंसा गर्दै रेसुंगाको जल आफैमा अमृत भएकाले यसको विस्तार बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार