मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

आक्र्स ग्रुपले हस्तान्तरण गर्यो चिनियाँ हाइगर बस

Ujyalosandeshonline 11005+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममा आक्र्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा. लिलाई हाइगर बसको नया मोडल केएलक्यिू ६८१२ केआरको चाबी हस्तान्तरण गरिएको हो । 

समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा चाबी हस्तान्तरण गरिएको हो । चीनको प्रसिद्ध बस निर्माता हाइगर बस कम्पनि लिमिटेडले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो बसहरु निर्यात गर्दै आएको छ र गत १६ वर्षदेखि नेपाली बजारको पर्यटकीय क्षेत्रमा एक प्रमुख ब्रान्डको रुपमा स्थापित भएको छ । 

नेपालको लागि हाइगर बसको आधिकारिक वितरक आक्र्स ग्रुपले नेपाली बजारमा एकसय भन्दा बढी बसहरुको सफल बिक्री गरिसकेको छ । जुन विशेष गरी पर्यटन र यातायात क्षेत्रमा आरामदायी, र विश्वसनीयताको लागि प्रसिद्ध छन् । समारोहमा, नेपाली बजारको आवश्यकतालाई पूरा गर्ने उच्च–गुणस्तरको, आरामदायी बसहरु उपलब्ध गराउन प्रतिवद्ध रहेको आक्र्स ग्रुपले जनाएको छ ।

हाइगर बसहरू नेपालको भौगोलिक अवस्था र बाटोअनुरूप रहेका हुँदा नेपाली बजारमा छिट्टै लोकप्रिय हुने अधिकृत बिक्रेता कम्पनीले दाबी गरेको छ । बसमा तातो–चिसो एअर कन्डिसन र लक्जरियस सिटहरू रहेका छन् । गाडीमा बे्रक लगाउँदा आवाज पनि ननिस्कने कम्पनीको दाबी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार