मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि बनेन

Ujyalosandeshonline 12334+ समाचार ( )
६ माघ २०८१, आइतबार

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकासँग जोड्ने मन्थली–गाल्पा सडकको काम लामो समयदेखि अलपत्र परेको छ । सो सडकको मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबासको सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको भए पनि बाँकी निर्माणको काम अलपत्र परेको छ । पटक पटक सडक निर्माणको म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम गरेको छैन । 

सम्झौता अनुसार सो सडकको पकरबास–गोगनपानी–गाल्पा खण्डको काम २०७९ पुसमा नै कालोपत्रे गरी जिम्मा लगाइसक्नु पर्ने हो । तर निर्माण कम्पनी दिवा÷ओम बुद्ध÷अर्याल जेबी दोलखाले तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष समेत रहेको मोतीलाल तामाङले बताए । 

जिल्ला पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाइएको सो सडकको काम समयमा नभएपछि गतवर्ष खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सामाजिक अगुवा समेतले पूर्वाधार कार्यालयमा नै तालाबन्दी समेत गरेका थिए । सो तालाबन्दी गत जेठ ९ गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ लगायत जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख बिरेन्द्रकुमार बज्राचार्य, प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधि लगायत बसी थप गरिएको म्याद भित्रै कार्यसम्पन्न गर्ने कागज गरिएको थियो । तर थप गरिएको अवधिमा पनि निर्माण कम्पनीले काम पुरा गरेको छैन । 

सडकका केही ठाउँमा नाला सफा गर्ने, कता कति वाल लगाउने लगायतका काममा श्रमिकहरू लगाएर निर्माण कम्पनीले काम पनि गरिरहे जस्तो गरेर निर्माणको काममा आलटाल गरेको छ । निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् ।  

जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्यका अनुसार सो  सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ  । डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्ष हुँदा जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पुरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार