मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

आशिका तामाङको दाबी : मेरो प्रतिस्पर्धा समाज सुधारका लागि हो

Ujyalosandeshonline 12455+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

काठमाडौं  । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रुपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताएकी छन् ।बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरु गर्दै आएको बताएकी हुन् ।

आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ । देशको राजधानीदेखि विभिन्न जिल्लाहरुमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उनले सुनाइन् ।

उनले भनिन्,‘वतावरण संरक्षण, सम्बर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन्, वृक्षारोपण, सरसफाइ र डस्टविन राख्ने जस्ता मुख्य कार्य फाउन्डेशनले गरेको छ । समाजमा रहेका विकृति, विसंगती र व्यथितिको अन्त्य र शुसासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको छु । ’

फाउन्डेसनकी अध्यक्ष आशिकाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बेला कोभिड उपचार अस्पतालको सञ्चालन, गरिब, असाहय, विपन्न मानिसहरुका लागि खाद्यान्न वितरण, ग्रामीण भेगका सामुदायिक विद्यालयका छात्र, छात्राहरुका लागि ब्याग, कापी, कलम र ड्रेस वितरणलगायतका कामहरु पनि संस्थाले गरेको छ ।

त्यस्तै, जटिल रोगबाट विरामी परेका मानिसहरुको उपचारमा आर्थिक सहयोग पनि गरिँदै आएको उनले बताएकी छन् । आफूहरुले सञ्चालन गर्दै आएको सामाजिक अभियान कसैसँगको प्रतिस्पर्धा नभई एक विशुद्ध सुधारको अभियान रहेको उनले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार