मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने चार जना पक्राउ

Ujyalosandeshonline 12456+ समाचार ( )
११ असार २०८३, बिहीबार

काठमाडौँ । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गाउँपालिका–१ निवासी २३ वर्षीय सन्देश चौधरी, देवचुली नगरपालिका–५ निवासी ५३ वर्षीय भगवतप्रसाद थारु, चितवन भरतपुर महानगरपालिका–४ निवासी ४० वर्षीया सरस्वती बारघरे तथा काठमाडौँ महानगरपालिका–२९ निवासी ३७ वर्षीय विकास दाहाल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चौधरीले पोल्याण्ड पठाउने भन्दै रु २३ लाख, थारुले मकाउ पठाउने भन्दै रु पाँच लाख, बारघरेले क्यानडा पठाउने भन्दै रु तीन लाख ९२ हजार तथा दाहालले क्यानडा पठाउने भन्दै रु १६ लाख रकम असुलेका थिए । 

उहाँका अनुसार रकम लिएपछि उनीहरूले वैदेशिक रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितहरूले उजुरी दिएका र सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा चारै जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार