मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

स्ववियुले राष्ट्रिय खेलाडीलाई परीक्षामा नयाँ व्यवस्था मिलाउने

Ujyalosandeshonline 12614+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने व्यवस्था गर्ने भएको छ । 

सोमबार स्ववियुले निर्वाचनको एक वर्ष पूरा गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्यामराज ओझाले अबको एक वर्षभित्रमा राष्ट्रिय स्तरका खेलाडीहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भएपनि परीक्षा दिन पाउने गरी निर्णय गर्ने जानकारी दिएका हुन् । 

उनले भने, ‘अब एक वर्षभित्रमा खेलकुद अन्तर्गत हामीले एउटा नीतिगत निर्णय खेलकुद क्षेत्रको लागि गर्दै छौं । राष्ट्रिय स्तरका खेलकुद खेलाडी साथिहरुको लागि त्रिविमा सेमेस्टर लागु भएपछि अनिवार्य रुपमा ८० प्रतिशत विद्यार्थी कक्षा कोठामा हुनुपर्छ । तर राष्ट्रिय स्तरका खेलाडीहरूलाई ८० प्रतिशत उपयुक्त हुँदैन । त्यसैले उहाँहरूलाई ५० प्रतिशत मात्रै हाजिरी भए पनि परीक्षा दिन पाउनुपर्छ भनेर नीतिगत रुपमा नै निर्णय गराउने लक्ष्य राखेका छौं ।’

उनले, केन्द्रीय पुस्तकालय हप्तामा ७ दिन नै खुल्ला राख्ने ,विद्यार्थी भर्नासँगै होस्टेल व्यवस्थापन गरी व्यवस्था मिलाउने , त्रिवि फेस्टिभल आयोजना गरी त्यसभित्र स्पोर्ट्स विक आयोजना गर्ने, विश्वविद्यालयको शैक्षिक क्यालेण्डर पूर्ण कार्यान्वयन गराउनले, पनिका ८ महिना भित्र पूर्ण रुपमा स्वचालित गर्ने लगायतका आगामी कार्ययोजना स्ववियुले बनाएको पनि जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार