मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लव

Ujyalosandeshonline 12548+ समाचार ( )
८ मंगशिर २०८१, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपालमा परिवर्तन भएपनि क्रान्ति अधुरो भएको बताएका छन् ।

शनिबार पार्टीको ११ औं ऐतिहासिक पार्टी पुर्नगठन दिवसको अवसरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले मजदुर, किसान, नेपालका जनजाति, विद्यार्थीहरुको पक्षमा जति नै लडे पनि जनताले चाहेको जस्तो जीवन नपाएको भन्दै क्रान्ति अधुरो भएको बताए । 

उनले भने, ‘हामी लडेर आएका हौं ।सबैलाई थहा छ । हामी कम्युनिष्टहरु, सच्चा लोकतन्त्रवादीहरु र देशभक्तहरु हौ । हामीसँग देशलाई माया गर्ने मान्छेहरु थिए, दिदीबहिनीको लागि बलिदान दिने, मजदुर किसान, जनजाती, विद्यार्थीहरुको पक्षमा लड्ने हामी नै हो । लडेर इतिहास निर्माण गरेका हौं । ०६४ सालपछि नयाँ जीवन चलाइरहेका छौं । तर ०६४ पछि नेपालमा सम्झौता भयो, केही परिवर्तन भयो तर नेपाली जनताले चाहेको जस्तो जीवन पाएन क्रान्ति अधुरो भयो ।’

यस्तै, उनले नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र राज्यको कल्पना गरेको थियो त्यो पनि पूरा नभएको बताए । 

उनले भने, ‘नेपाली जनताको बलिदानबाट जस्तो खालको व्यवस्था र जनताको राज्यको कल्पना गरिएको थियो । त्यस्तो राज्य जनताको बन्न सकेन । नेपाली जनताको व्यवस्था, कानून बन्न सकेन । नेपालका युवाले देशमा आफ्नो भविष्य नदेख्ने अवस्था भयो । त्यसपछि नेकपा पार्टी बनेको हो । राज्य जनताको बनेन दलाल, भ्रष्टहरुको हातमा गयो । यो पार्टी बन्नु नै एउटा नयाँ क्रान्तिको सुरुवात हो ।’ नेपालमा भ्रष्टचारको आतंक छाएको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार