मुख्य समाचार
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने |

जेठ अन्तिममा इलाममा चिया महोत्सव हुँदै

Ujyalosandeshonline 11003+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

इलाम । यही महिनाको अन्तिम साता इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिन लागेको छ । यही जेठ २६ देखि २८ सम्म महोत्सव आयोजना गरिन लागेको इलाम नगरपालिकाले जनाएको छ ।

इलाम नगपालिकाका प्रमुख केदार थापाले नेपाली चियाको गुणस्तर विश्व बजारमा चिनाउन अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिएको बताए । थापाका अनुसार, चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सवको तयारी भएको छ ।

नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेको छ । नगरपालिकाले यही कुरालाई महत्व दिएर चिया महोत्सव आयोजना गरेको हो । चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो भन्ने सोचका साथ चियाको बजार खोज्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यलाई यो महोत्सवले मद्दत गर्ने अपेक्षा गरिएको प्रमुख थापाको भनाई छ । 

सदरमुकाम बजारमा हुने महोत्सवको संयोजन नगरप्रमुख थापाको संयोजकत्वमा बनेको समितिले गरिरहेको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव व्यवस्थापन भएको छ । चियासँग सम्बन्धित विभिन्न सङ्घसंस्था, चिया किसान र व्यवसायी महोत्सवमा सहभागी हुनेछन् ।

महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेलले बताए ।  

बिसं १९२० सालमै चिया रोप्न सुरु भएको इतिहास बोकेको इलाममा सबैभन्दा पुरानो प्रविधिमा चल्ने चिया प्रशोधन कारखाना रहेको छ । तर चिया बिकास निगमलाई निजी क्षेत्रको हातमा सुम्पिएपछि त्यो पुरातात्विक महत्वको कारखाना असुरक्षित बनेको छ भने चिया संग्राहलय बनाउन चाहने व्यवसायीलाई त्यसको दायित्व सुम्पन सरकारको सम्बन्धित निकाय उदासिन देखिन्छ ।

इलाम सहित सरकारको स्वामित्वमा बिकसित भएको चिया खेती सांघाई समूहलाई निकै सस्तो मूल्यमा हजारौं रोपनी जमिन सहित लामो समयका लागि लिजमा दिईएपछि त्यसको उचित सम्भार हुननसकेको स्थानीयको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार