मुख्य समाचार
सीमा क्षेत्रको सुरक्षा व्यवस्था कसिलो बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच सहमति | रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते | नवलपरासीमा बगरलाई कृषि पर्यटन क्षेत्र बनाउँदै युवा देवेन्द्र चौधरी | प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका लागि नेपाल र भारतमा तीव्र गृहकार्य | ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग |

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

Ujyalosandeshonline 12624+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदुरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदुरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निर्वतमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए । 

उनले भने, ‘राजनीतिक दृष्टिकोणले सुदुरपश्चिम प्रदेश संधै केन्द्रमा छ । प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि , सांस्कृति रहनसहनलाई प्रर्वद्धन गर्न  हामी व्यवसायीको पनि महत्वपुर्ण योगदान रहीआएको छ ।’ 

प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको उनको भनाई छ । सुदुरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

यस्तै, उनले सुदुरपश्चिमका जिल्लाहरुबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउनेगरी औद्योगिक वातावरण बनाउनुपर्ने बताएका छन् । 

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदुरपश्चिमको स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्ने बताए । सुदुरपश्चिम प्रदेश अन्तरर्गतका जिल्लाहरुमा उत्पादन हुने बस्तुहरुहरुको व्यवासायिक खेती मार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य शहरहरुमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । 

प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आर्कषित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाई छ । सुदुरपश्चिम प्रदेशमा उत्पादन वृद्धि रोजगारी सिर्जना गर्न लगानीको वातावरण र नीतिगत स्थिरताको आवश्यक्ता रहेको उपाध्यक्ष पाण्डेको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार