मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

२१ औँ राष्ट्रिय धान दिवस– ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’

Ujyalosandeshonline 12321+ समाचार ( )
१६ असार २०८१, शनिबार

काठमाडौं । असार १५ अर्थात्, राष्ट्रिय धान दिवस, आज खेतका गराभरी धान रोपेर मनाइँदै छ । सरकारले आज उत्सवको रुपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छ । 

यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित चितवनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।  जलवायु परिवर्तनले धान खेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकासमा जोड दिँदै किसानमाझ उपलव्ध प्रविधिको प्रयोग बढाएर उत्पादन वृद्धि गर्ने उद्देश्य यो वर्षको नाराले झल्काएको छ । 

यस्तै, नेपाली समाजमा असार १५ असारलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज घर–अफिसमा दही चिउरा खाई असार १५ मनाउँछन् । 

सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । उक्त विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहभागी हुनेछन् । यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्र गर्न लागेका छन् । धान उत्पादन हुने जिल्लामा आज छुट्टाछुट्टै कार्यक्रम गरि धान दिवस मनाइँदै छ । 

कृषि प्रधान देश नेपालका अधिकांश जनताको पेसा खेतीपाती हो र त्यसमा पनि धान मुख्य बालीको रुपमा रहेको छ । विशेषगरी किसान वर्षभरका लागि छाक जुटाउन यो महिना मानो रोपेर मुरी फलाउने गरी खेतीमा व्यस्त हुन्छन् । यद्यपी अनुकूलता हेरेर कृषकले साउनभरी पनि धान रोपाइँ गर्ने गरेका छन् । वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुँदा आज धान असारे भाकामा रोपाइँसँगै आज दही च्यूरा खाने चलन छ । मुख्य खाद्यान्न बाली धानलाई खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ र  नेपालमा धानको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक महत्व छ । 

यो वर्ष भन्डै १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने सरकारी अनुमान छ । यो वर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएकोले किसानले रोपाइँ गर्न सकेका छैनन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म जम्मा ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ। 

पछिल्ला वर्षहरुमा धान लगाउने बेला सधैं मलको अभाव भोग्दै आइरहेका किसानलाई  यो वर्ष रासायनिक मलको अभाव हुन नदिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।  पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको मन्त्रालयले जनाएको छ भने कृषकले भने बजारमा मल नपाएको गुनासो गरेका छन् । 

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस नेपालमा मनाउन थालिएको हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार