मुख्य समाचार
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन | कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ | पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल | मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित | कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड | हतियार ह्याण्डलिङ तालिम समापन | चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह | उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन | कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन |

पत्रकारमाथि अश्लील शब्द प्रहार गर्ने प्रधानाध्यापकलाई निलम्बन गर्न माग

Ujyalosandeshonline 12509+ समाचार ( )
२५ वैशाख २०८३, शुक्रबार

भैरहवा । श्रीमती मनराजी देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक हृदयराम यादवले समाचारको विषयलाई लिएर पत्रकारमाथि अश्लील र अपमानजनक शब्द प्रहार गरेको भन्दै रुपन्देहीका पत्रकार सम्बद्ध संस्थाहरुले गम्भीर आपत्ति जनाएका छन्। मधेशी पत्रकार समाज नेपाल, रुपन्देही र मर्चवार प्रेस क्लबले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकार रामविकास चौधरीमाथि सामाजिक सञ्जालमार्फत गरिएको दुर्व्यवहारको कडा भर्त्सना गरेका हुन्।

विद्यालय जस्तो मर्यादित क्षेत्रको नेतृत्व गरिरहेका व्यक्तिले संवेदनशील समाचार सम्प्रेषण गरेको निहुँमा पत्रकारको मानमर्दन हुने गरी भ्रामक र अलोकतान्त्रिक अभिव्यक्ति दिनु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ। सोही विद्यालयका एक कर्मचारीमाथि 'जबरजस्ती करणी' जस्तो जघन्य अपराधको मुद्दा दर्ता भई प्रहरीले खोजी गरिरहेको अवस्थामा, अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग गर्नुको साटो प्रधानाध्यापक यादवले फेसबुकमार्फत पत्रकारमाथि लाञ्छना लगाएर अपराधीलाई संरक्षण दिन खोजेको आरोप लगाइएको छ।

मधेशी पत्रकार समाज नेपाल, रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा र मर्चवार प्रेस क्लबका सचिव मोहम्मद असलम खाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानाध्यापक यादवको कार्य प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप भएको ठहर गरिएको छ। आफ्ना कमजोरी लुकाउन र सत्य तथ्य सूचनालाई दबाउन खोज्ने प्रपञ्च समाजलाई स्वीकार्य नहुने चेतावनी समेत दिइएको छ।

दुवै संस्थाले पत्रकारमाथि अभद्र व्यवहार गर्ने र अपराधी लुकाउन खोज्ने प्रधानाध्यापकलाई तत्काल निलम्बन गरी कानुनी छानबिन प्रक्रिया अघि बढाउन माग गरेका छन्। साथै, फरार रहेका आरोपी शिक्षकलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाउन र पत्रकारहरुलाई सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न प्रशासनसँग माग गरिएको छ। यदि आफ्ना मागहरुलाई बेवास्ता गरिएमा पत्रकारको हकहित र न्यायका लागि कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत प्रेस विज्ञप्तिमार्फत दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार