रुपन्देहीमा साढे सात लाख बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 12328+ समाचार ( )
८ श्रावण २०८३, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले बिहीबार जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याइएको करिब रु. ७ लाख ६९ हजार ४८० बराबरको अवैध सामान बरामद गरेको छ । सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, बुटवल र रोहिणीबाट कपडा, मोबाइलका पार्टपुर्जा, अटो ब्याट्री, किराना सामग्री, तरकारी तथा सुर्ती नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण सामान र प्रयोग गरिएका सवारीसाधन आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार