मुख्य समाचार
रुपन्देही क्षेत्र नं. ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना | भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान | दललाई चुनावी प्रतिष्पर्धामा सहयोग गर्न आचारसंहिताः कार्यवाहक प्रमुख आयुक्त भण्डारी | निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल | संविधान संशोधन र शक्तिहरुबीचको सामञ्जस्यता आजको आवश्यकता : नेता शुक्ला | चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल | नेपाल प्रहरी श्रीमती संघद्वारा बाराका विपन्न परिवारलाई न्यानो कपडा वितरण | मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु | पेट्रोलियम पदार्थको मूल्य समायोजन | निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार |

संविधान संशोधन र शक्तिहरुबीचको सामञ्जस्यता आजको आवश्यकता : नेता शुक्ला

Ujyalosandeshonline 10084+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

भैरहवा । पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले मुलुकमा विद्यमान चुनौतीहरुको सामना गर्न संविधान संशोधन अपरिहार्य बन्दै गएको बताउनुभएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित उद्योगपुरीमा आयोजित पार्टीको नगर, जिल्ला तथा प्रदेश कार्यसमितिको संयुक्त कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा नयाँ र पुराना राजनीतिक शक्तिबीच संघर्ष नभई सामञ्जस्यताको खाँचो रहेको औंल्याउनुभयो ।

नेता शुक्लाले अबका चुनौतीहरुले संविधान संशोधन खोजिरहेको भन्दै आफ्नो पार्टी पनि सोही एजेन्डामा अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ शक्ति र पुराना शक्तिबीच संघर्ष होइन, सामञ्जस्यको आवश्यकता छ । एक–अर्काको विपरीत नभई सबै शक्तिलाई समेटेर, सँगसँगै लिएर हिँड्ने र हिँडाउने सहजकर्ताको भूमिका खेल्ने शक्तिको रुपमा हामी अगाडि बढिरहेका छौं ।’ उहाँले मुलुकमा उदाएका नयाँ शक्तिहरुले लिन खोजेको बाटोको छिनोफानो आगामी संसदबाट हुने धारणा राख्नुभयो ।

आगामी चुनाव नजिकिँदै गर्दा देशको राजनीतिक दिशा अन्योलग्रस्त रहेको भन्दै उहाँले ठूला राजनीतिक विश्लेषकहरुलाई समेत अहिलेको परिस्थितिमा देश कता जान्छ भन्न गाह्रो भइरहेको बताउनुभयो । मुलुकमा वैचारिक मतभेद मात्र नभएर वैचारिक द्वन्द्वको स्थिति रहेको र यो चुनावपछि आउने संसदमा पनि तुरुन्तै समाप्त हुने अवस्था नरहेको उहाँको विश्लेषण थियो । त्यसैले आगामी संसदमा तार्किक बहस गरेर समस्याको समाधान खोज्ने प्रतिनिधिहरुको आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्दै उहाँले लोसपा र जसपा नेपालबीच एकीकरण र सहकार्य हुँदै चुनौती सामना गर्न एकीकृत रुपमा अगाडि बढेको बताउनुभयो । देशका विभिन्न चुनौतीहरुको सामना गर्न समग्र मधेशवादी दलको मोर्चा बनाइएको र त्यसमा जनजातिको समेत प्रवेश गराएर समावेशी बनाइएको उहाँको भनाइ छ । उहाँले तत्काल प्रतिक्रिया दिनुभन्दा दीर्घकालीन रुपमा सामञ्जस्यको भूमिका निर्वाह गरेर अगाडि बढ्ने शक्तिको देशलाई खाँचो रहेको बताउनुभयो । लोकतान्त्रिक शक्तिहरु कमजोर भइरहेको र पुराना दलहरुमा पनि समस्या देखिएको भन्दै उहाँले जसपा नेपालले लोकतान्त्रिक र परिवर्तनकारी शक्तिको रुपमा निकास दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री एवं पार्टीका युवा नेता सन्तोष कुमार पाण्डेयले ढिलै भए पनि जसपा र लोसपाबीचको सहकार्य र एकीकरणले सकरात्मक सन्देश दिएको बताउनुभयो । उहाँले अब लुम्बिनी प्रदेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बन्ने दाबी गर्नुभयो । त्यस्तै, जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम अवतार यादवले चुनावी अभियानलाई तीव्रता दिने बताउँदै जनतालाई अधिकारसम्पन्न बनाउन पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टी नेतृ तथा लोसपा केन्द्रीय सदस्य विजया खत्री, युवा नेता तथा रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियार लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार