मुख्य समाचार
वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय | भेटनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनामाथि आरोपपत्र दायर | मनसुनजन्य विपद् न्यूनीकरणमा सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन | सबैभन्दा बढी वर्षा रौतहटमा | राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल | आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा | बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध | माटोका गमला तथा अन्य घरायसी सामग्री | पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध | बेनी–जोमसोम सडक रातिमा बन्द |

वित्तिय साक्षरताका लागी ग्लोबल मनी विक सुरु

Ujyalosandeshonline 11928+ समाचार ( )
३ चैत्र २०८१, सोमबार

भैरहवा ।वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने र पैसाको महत्व बारे बुझाउने उद्देश्यका साथ सप्ताहव्यापी कार्यक्रम “ग्लोबल मनी विक” सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कको आव्हानमा देशैभर आज (सोमबार)बाट यो सप्ताह सुरु भएको हो । 

सप्ताहव्यापी रुपमा मनाई यस कार्यक्रमको सुरुवात नेपाल राष्ट्र बैंक, भैरहवाले प्रभातफेरीबाट सुरु गरेको छ । पहिलो दिन नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरूको सहभागितामा जनचेतनामूलक प्रभातफेरी  आयोजना गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले बताए । नेपाल राष्ट्र बैक सिद्धार्थनगर शाखा परिसरबाट निस्केका प्रभातफेरी भैरहवा बजारका बिभिन्न भाग परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरूले बिभिन्न वित्तिय साक्षरता सम्बन्धी नारा लेखिएको ब्यानर तथा प्लेकार्डहरू बोकेका थिए । 

अर्गनाइजेशन अफ इकोनोमिक को–अपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर बिभिन्न कार्यक्रम मनाउने गरिएको छ। प्रत्येक वर्ष यो दिवसमा नारा तय हुने गरेको छ र जस अनुसार यस वर्षको नारा विश्वव्यापी नारा ‘थिन्क बिफोर यु फलो, वाइज मनि टुमरो’ भन्ने नाराका साथ यो सप्ताहको १३ औं शृङ्खला मनाउन लागिएको हो । 

सप्ताह भरी बिभिन्न वित्तिय कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता, वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने नेपाल राष्ट्र बैक सिद्धार्थनगर शाखाका उप निर्देशक जीवन पाण्डेले बताए । कार्यालयले चैत्र ८ गते शुक्रबारका दिन रूपन्देही जिल्लास्थित क्याम्पसका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरजवाफ प्रतियोगिता कार्यक्रम समेत गर्नेछ ।

बालबालिका सँगै किशोर किशोरी तथा युवाहरूमा वित्तिय शिक्षाको महत्व बारे जागरण ल्याउने उद्देश्यले मनाइने यो सप्ताहव्यापी अभियानमा वित्तिय साक्षरता सँगै पैसाको महत्व बारे आफ्ना ग्राहक मात्र नभई अन्य सर्वसाधारणलाई पनि बिभिन्न माध्यमबाट बुझाइने नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले बताए । 

बालबालिका किशोर किशोरी तथा युवाहरूमा वित्तिय ज्ञान र सीप अभिवृद्धि साथै व्यवहारिक रुपमा सक्षम बनाउँदै उनिहरुलाई विवेकशील वित्तिय निर्णय लिन, अभिप्रेरित गराउनु ग्लोबल मनी विकको मुख्य उद्देश्य हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका, किशोर किशोरी र युवामाझ पुगिसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार