मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रोहिणी गाउँपालिकामा ‘अध्यक्षसँग प्रधानाध्यापक कार्यक्रम’

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्षसँग प्रधानाध्यापक कार्यक्रम अन्तर्गत पालिकाभित्रका प्रधानाध्यापकहरुसँग छलफल कार्यक्रम गरिएको छ । रोहिणी–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा नीति, योजना तथा बजेटमाथि छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा विकासको महत्वपूर्ण पूर्वाधार भएको बताए । उनले भने, ‘विकास भनेको सडक र नाला निर्माण गर्नु मात्र होइन । शिक्षाको विकासले समग्र मुलुकको विकास हुन्छ ।’ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति गाउँपालिका लागिपरेको भन्दै उनले यसमा विशेष ध्यान दिन सम्पूर्ण प्रधानाध्यापकहरुलाई आग्रह गरे । उनले भने, ‘विद्यार्थीहरुको नतिजा राम्रो ल्याउनका लागि यहाँहरुकोतर्फबाट अझ बढी ध्यान जानुपर्ने देखिन्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘बजेटको सीमितता छ । चाहेजत्ति स्रोतसाधन छैन । तर, समस्याबाट भागेर हुँदैन ।’ कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले भनाइ राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार