मुख्य समाचार
कपिलवस्तुमा २६ लाख बढीको भन्सार छलीका सामान बरामद | भारत-नेपाल सीमा सुरक्षा बलबीच सद्भाव र सहकार्यका लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता | नेपाल–भारत सीमा सुरक्षा बलका महिला संघबीच छलफल: अनुभव आदानप्रदान र सहकार्यमा जोड | मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत र हिंसा नियन्त्रण प्राथमिकतामा | गैँडाखाल लवकेश्वर सिँचाइ आयोजना सञ्चालनमा, सुनवलदेखि रामग्रामसम्मका किसान लाभान्वित | मन्त्री सुनिल लम्सालको सक्रियतामा सालझण्डी–ढोरपाटन सडक निर्माणले छायो उत्साह | सडकमा थ्रेसर चलाउन र पराल जलाए कानुनबमोजिम कारबाही हुने – तिलोत्तमा नगरपालिका | भारतीय गाडीमा फल्सबटम बनाएर गाँजा तस्करी, दुई जना प्रहरी नियन्त्रणमा | लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा | लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ |

रोहिणी गाउँपालिकामा ‘अध्यक्षसँग प्रधानाध्यापक कार्यक्रम’

Ujyalosandeshonline 12599+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्षसँग प्रधानाध्यापक कार्यक्रम अन्तर्गत पालिकाभित्रका प्रधानाध्यापकहरुसँग छलफल कार्यक्रम गरिएको छ । रोहिणी–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा नीति, योजना तथा बजेटमाथि छलफल गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा विकासको महत्वपूर्ण पूर्वाधार भएको बताए । उनले भने, ‘विकास भनेको सडक र नाला निर्माण गर्नु मात्र होइन । शिक्षाको विकासले समग्र मुलुकको विकास हुन्छ ।’ गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति गाउँपालिका लागिपरेको भन्दै उनले यसमा विशेष ध्यान दिन सम्पूर्ण प्रधानाध्यापकहरुलाई आग्रह गरे । उनले भने, ‘विद्यार्थीहरुको नतिजा राम्रो ल्याउनका लागि यहाँहरुकोतर्फबाट अझ बढी ध्यान जानुपर्ने देखिन्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘बजेटको सीमितता छ । चाहेजत्ति स्रोतसाधन छैन । तर, समस्याबाट भागेर हुँदैन ।’ कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे र विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले भनाइ राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार