मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

शान्ति सुरक्षाका विषयमा संघ र प्रदेशबिच छलफल

Ujyalosandeshonline 12614+ समाचार ( )
१४ माघ २०८०, आइतबार

काठमाडौं । मुलुकको शान्ति सुरक्षा थप मजवुद बनाउन तीन तहका मन्त्रीहरुबिच छलफल भएको छ ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले तीन तहमा भइरहेको शान्ति सुरक्षाका विषयमा बृहत छलफल भएको हो ।

संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन २०७७ को दफा २२ बमोजिम बसेको बैठकमा सबै प्रदेशका आन्तरिक मामिला तथा गृह प्रशासन हेर्ने मन्त्रीहरुको सहभागिता थियो । 

बैठकले प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने निर्णय गरेको गृह मन्त्रालयका सह सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

उनले मुलुकको शान्ति सुरक्षा थप मजबुत बनाउनका लागि संघीय गृह मन्त्रालय र प्रदेशमा सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, प्रदेश सरकारहरु बिचको सहकार्यलाई थप बलियो बनाउने र प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने जस्ता निर्णय भएको पनि जानकारी दिए । 

उनले भने, ‘प्रहरी समायोजना ऐन, नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय गर्ने ऐन परिमार्जन गर्ने, नेपाल प्रहरी ऐन र स्थानीय प्रशासन ऐन तर्जुमाको चरणमा छ यसलाई छिटो अगाडि बढाउने, मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गरेर समीक्षा गर्दै थप मजबुत बनाउनको लागि संघीय गृहमन्त्रालय र प्रदेशका सम्मिलित मन्त्रालयहरुले थप सहकार्य गर्ने, गृह र प्रदेश सरकारहरुको बिचको सहकार्यलाई थप बलियो बनाउने, प्रहरी समायोजनलाई छिटो अगाडि बढाउने विषयमा छलफल भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार