मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै |

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन् : राजेन्द्र महतो

Ujyalosandeshonline 11766+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म पुग्न नसकेको भन्दै फेरि नयाँ क्रान्तिको आवश्यकता भएको बताएका छन् । 

राजधानीमा आफ्नो पुस्तक ‘अधुरा क्रान्ति, संघर्ष मातृभूमिका लागि’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिलेसम्म भएका सबै आन्दोलन अधुरो नै रहेको दाबी उनले गरे । एकल चिन्तन सोचबाट देशको शासन र संविधान चलेको अवस्थामा क्रान्ति आवश्यक भएको उनको धारणा छ । 

उनले भने, ‘यो देशमा जति पनि परिवर्तनका लागि आन्दोलन संघर्ष भए, क्रान्ति भए त्यो कुनै पनि क्रान्ति र संघर्षले पीडामा परेको जनतालाई न्याय दिन सकेन । त्यो आन्दोलनको लक्ष्य पूरा भएको महसुस भएको छैन । यस अर्थमा नेपालमा क्रान्तिको आवश्यकता अझै पनि छ । एकल चिन्तन सोचबाट देशको शासन र संविधान बनाउने, आफ्नो हातले आफ्नै पिठ थपथपाउने, अनि सबै भइसक्यो भन्ने यो अवस्थामा फेरि पनि क्रान्तिको आवश्यकता छ ।’

उनले आफ्नो पुस्तक उत्पीडित जनताले भोगेका उत्पीडनको पुलिन्दा भएको बताए । उनले भने, ‘यो पुस्तक वास्तवमा भन्नुपर्दा उत्पीडित जनताको उत्पीडनको पुलिन्दा हो । यो देशमा पीडामा परेको मधेसी, आदिवासी, जनजाती, दलित, मुस्लिम, थारु लगायत उत्पीडनमा परेको जनताको पीडाको पुलिन्दा हो । त्यो मैले भन्ने प्रयास गरेको छु ।’ 

अहिलेसम्म जति क्रान्ति भए त्यो सबै अधुरा भएको कारणले पनि आफ्नो पुस्तकको नाम ‘अधुरा क्रान्ति’ भएको उनको भनाइ छ । उनले यो पुस्तक सात वर्ष लामो यात्रा गरेर आज यहाँ आइपुगेको भन्दै लेखनमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार