मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी

रासस 711+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

काठमाडौँ । नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा  सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाबापतको रकम सिधैँ नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ । 

सत्य, तथ्य र आधिकारिक जानकारीबिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जनाउँदै उहाँले जरिवानाबापत ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रष्ट पार्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “ट्राफिक प्रहरीले जरिवाना काटेबापत कुनै पनि अतिरिक्त शुल्क (सुविधा) प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।” प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सबै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार