मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित

जैसमोहम्मद खान 74+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

मर्चवार । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी, उनीहरूका अभिभावक र सम्बन्धित विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयमध्ये जनता माध्यमिक विद्यालयका धिरेन्द्र बरई ३.७८ जीपीएका साथ प्रथम, अमवा माध्यमिक विद्यालयका अमरेश यादव ३.७५ जीपीएका साथ द्वितीय र जनता माध्यमिक विद्यालयकै विजयकुमार यादव ३.७० जीपीए प्राप्त गरी तृतीय हुन सफल भएका छन् ।

उत्कृष्ट तीनै जना छात्रलाई प्रमाणपत्रका साथै एक–एक थान साइकल प्रदान गरिएको थियो । यसैगरी, छात्रातर्फ ३.६६ जीपीए ल्याएर गाउँपालिकाभरिमै उत्कृष्ट भएकी अमवा माध्यमिक विद्यालयकी अंशु कुमारी कुर्मीलाई पनि विशेष सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा क्षेत्रमा गरिएको लगानी अनुसारको समग्र प्रतिफल आउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । एउटै विद्यालय र शिक्षकबाट पढ्दा पनि नतिजामा भिन्नता देखिनुले सबै पक्षले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्दै उहाँले यो कार्यक्रमले अन्य विद्यार्थीलाई पनि मेहनत गर्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी बिनोदकुमार बरईले व्यक्तिगत तर्फबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठी, वडाध्यक्ष शशिदयाल चौधरी लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजन शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले गर्नुभएको थियो ।

प्रतिक्रिया

Harischandra Barai २७ जेठ २०८३, बुधवार

Very impressive and motivational program..

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै