मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फछ्र्यौंट गर्ने

Ujyalosandeshonline 10996+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

काठमाडौं । उच्च अदालत पाटनका मुख्य  न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।

मुख्य न्यायाधीश कुँवरका अनुसार साउन १ गते, २०८१ सालदेखि कार्यान्वयनमा ल्याइएको न्यायपालिकाको रणनीतिक योजनाले सबै अदालतमा सकारात्मक प्रभाव पारेको छ । ‘उच्च अदालत पाटनले विशेषतः लक्ष्य प्राप्तीमा सन्तोषजनक प्रगति गरेको छ,’ उनले भने, ‘योजनाले राखेको लक्ष्य प्राप्तीतर्फ हाम्रो प्रयास र उपलब्धी दुवै उन्मुख छन् ।’

उनले उच्च अदालत पाटनले सबै उपलब्धीहरू हासिल गर्न सफल भएको र चालु योजनाअनुसार नै लक्ष्य पूरा गरेको बताए । हाल अदालतमा जम्मा ५ हजार ७०० मुद्दा बाँकी रहेकामा तीमध्ये करिब ४३० मात्र एक वर्षभन्दा पूराना रहेको जानकारी उनले दिए । मुख्य न्यायाधीश कुँवरले आगामी वर्षमा सबै मुद्दा १८ महिनाभित्र फछ्र्यौंट गर्ने लक्ष्यसहित अदालत अघि बढ्ने बताए ।

‘अहिले हामीसँग ५ हजार ७०० मुद्दाहरु बाँकी छ । त्यसमा एक वर्ष नाघेका मुद्दाहरु करिब ४३० थान मात्रै हुन् अरु सबै एकवर्ष भित्रकै मुद्दाहरु छन् । त्यसकारणले आगामी वर्षमा हामीले १८ महिनाभित्रै राखेर मुद्दाहरुलाई फच्छर्यौंट गर्ने र १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अगाडि जानको लागि एउटा आधार तयार भएको छ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार