मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |
मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |


सातौं लुम्बिनी महोत्सव–२०८२ लाई सफल बनाउन शैक्षिक संस्थाको प्रतिवद्धता

Ujyalosandeshonline 11437+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

भैरहवा । रुपन्देहीको भैरहवामा सञ्चालन हुने सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) लाई सफल बनाउन साथ र सहयोग गर्ने शैक्षिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आगामी मंसिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा हुने महोत्सवलाई सफल पार्न साथ र सहयोग रहने प्रतिवद्धता जनाएका हुन् । आयोजकले भैरहवामा आयोजना गरेको शैक्षिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसँगको बैठक तथा छलफल कार्यक्रममा उनीहरुले महोत्सवलाई सफल बनाउन सबैको साझा जिम्मेवारी भएकोे बताएका हुन् ।

कार्यक्रममा बोल्दै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले महोत्सव उद्घाटनअघि निकालिने ¥यालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । रुपन्देही क्याम्पसको क्याम्पस प्रमुख मञ्जु खनालले मेला सफल पार्नु सबैको साझा जिम्मेवारी भएको भन्दै उनले महोत्सवमा हुने खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिइन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले महोत्सवमा शैक्षिक प्रदर्शनी भए यहाँका विद्यालय र विद्यार्थीहरुले गरेका उपलब्धीबारे प्रदर्शन गर्न सकिने बताए। काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले महोत्सवमा धेरै भन्दा धेरै दर्शक जाने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सामूहिक विद्यालय परिवार, रुपन्देहीका अध्यक्ष समसाद इद्रिसीले खेलकुद, चित्रकला, लोक नृत्य प्रतियोगिता, नेपाली भेषभुषाको प्रदर्शनीबारे ध्यान दिन आयोजकलाई आग्रह गरे । उनले नृत्य प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी गराउन आग्रह गर्दै विद्यार्थीहरुलाई महोत्सव अवलोकनका लागि प्रेरित गरिने बताए । मन्टेश्वरी मेमोरियल स्कूलका प्रिन्सिपल धर्मेन्द्र कुमार मिश्रले ¥यालीलाई व्यवस्थित गर्नुपर्ने बताए।

बृहस्पति माविका प्राचार्य गोमा आचार्यले महोत्सवमा विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न आग्रह गरे । रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुप कुमार रायमाझीले यहाँका शैक्षिक संस्थाको बारेमा महोत्सवमा जानकारी दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए। भैरहवा नमूना माविका प्राचार्य बासुदेव पौडेलले स्थानीय कला, संस्कृतिको प्रवद्र्धन गर्ने खालका कार्यक्रम महोत्सवमा सञ्चालन गर्नुपर्ने भन्दै महोत्सवको अवलोकन गर्न विद्यार्थीहरुलाई पठाइने बताए ।

ब्राईट स्टार ईङ्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल एल.बी. रौतारले महोत्सव सफल पार्नका लागि सहयोग गर्न तयार रहेको बताए। साई ग्लोबल माविका प्राचार्य लक्ष्मण ज्ञवालीले ¥यालीको दुरी कम गर्न आग्रह गरे । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले महोत्सवमा ‘शैक्षिक प्याभेलिएन’ राखिने बताए । ‘टिकट काटेर महोत्सवस्थलमा प्रवेश गरिसकेपछि टिकटदर सस्तो नै छ भन्ने अनुभुति हुनेछ, ’उनले भने ।

संस्थाका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठले आफूहरुले शिक्षा क्षेत्रलाई महत्व दिएको भन्दै ििवगतमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । चेम्बर अफ कमर्स, रुपन्देहीका सल्लाहकार तथा महोत्सवका ¥याली संयोजक टीकाराम भट्टराईले महोत्सवमार्फत विद्यार्थीले धेरै कुरा सिक्न पाउने बताए ।संस्थाका सचिव कृष्ण प्रसाद पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जेसीज किण्डर गार्डेन स्कूलका प्रिन्सिपल हिरा गुरुङ, मोर्डन पब्लिक स्कूलका मुकेश यादवलगायतले आफ्नो भनाई राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार